Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अष्टलाई हटाएर मुख्यमन्त्री बन्दै पाण्डे

काठमाडौं । वाग्मती प्रदेशको मुख्यमन्त्रीमा नेकपा (एकीकृत समाजवादी) का संसदीय दलका नेता राजेन्द्र पाण्डेलाई अगाडि सार्ने भएका छन् । विपक्षी गठबन्धनको बिहीबार बसेको हेटौंडामा बसेको बैठकले पाण्डेलाई मुख्यमन्त्रीको रुपमा अगाडि बनाउने निर्णय गरेको हो । मुख्यमन्त्रीका लागि कांग्रेस नेता र पाण्डेबीच प्रतिस्पर्धा थियो । बानियाँ प्रधानमन्त्री शेरबहादुर देउवा निकट हुन् । देउवाले मुख्यमन्त्रीको विषय टुंग्याउन र सम्झौता गर्न कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतलाई बिहीबार बिहान हेटौंडा पठाएका थिए ।
महतले मुख्यमन्त्रीमा पाण्डे अगाडि बढाउने गठबन्धनभित्र समझदारी बनाएर काठमाडौं फर्केका छन् । स्रोतका अनुसार एकीकृत समाजवादी र कांग्रेसले आधा–आधा कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति पत्रमा गठबन्धनका नेताहरुले हस्ताक्षर गरेका छन् । गठबन्धनमा रहेका माओवादी केन्द्र, कांग्रेस, नेकपा (एस) ले नयाँ मुख्यमन्त्री चयनका लागि हस्ताक्षर समेत संकलन गरिसकेका छन् । प्रदेशसभा बैठक शुरु भएको छ ।
यसैबीच, वाग्मती प्रदेशसभाको बैठकमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको विश्वासको मतको प्रस्तावमाथि छलफल सुरु भएको छ । यसअघि सत्तारुढ एमालेले नै बैठक ११ कात्तिकका लागि राख्न आग्रह गर्दै बहिष्कार गर्ने भने पनि बैठकमा एमालेसमेत सहभागी भएको छ । बैठकको सुरुमै सभामुखले मुख्यमन्त्री शाक्यलाई आफ्नो भनाइ राख्ने समय दिएका छन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा एमाले सरकारले अहिलेसम्म गरेका काम र प्रगतिको विवरण प्रस्तुत गरिरहेकी छिन् । एमाले विभाजित भएर नेकपा एकिकृत समाजवादी गठन भएपछि वाग्मती प्रदेशमा एमाले नेतृत्वको सरकार अल्पमतमा परेको हो ।भदौ २ मा पहिलो ठूलो दलको हिसाबले मुख्यमन्त्री बनेकी शाक्यले २२ असोजमा प्रदेशसभाको सचिवालयमा विश्वासको मत लिन प्रस्ताव दर्ता गरेकी थिइन् । २४ असोजमा उनले प्रदेशसभाको बैठक विश्वासको मतको प्रस्ताव पेस गरेकी थिइन् ।