Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

असक्षम बोक्दा असफल भो सरकार

प्रधानमन्त्री केपी ओली ले आफ्ना दलाल र बैठकेहरुलाई सल्लाहकार राखेर माहामारीको समयमा बढी आलोचना सहनु पर्यो । त्यही कारण हुन सक्छ उनले बालुवाटारमा लकडाउन खुकुलो बनाउन विशेषज्ञ हरुको राय सुझाब लिनु पर्यो । उनका विश्वास पात्रहरुले सही सुझाब दिएका हुन्थे भने सरकारको आलोचना गरीरहेका बौद्धिक वर्गलाई गुहार्नु पर्ने थिएन । ओली सरकारका ४ मन्त्रीहरु असफल भएका छन् । तर पनि उनीहरुलाई नै दायाँ बायाँ राखेर प्रधानमन्त्रीले सम्वृद्धि र विकासको नारा दिइरहेका छन् ।युवराज खतीवडा इश्वर पोखरेल, भानुभक्त ढकाल, प्रदिप ज्ञावाली असफल पात्रहरुको सुचीमा परेका छन् ।यतीख्ेर देशको समस्या यिनकै वरीपरी घुमीरहेको छ तर यिनले जिम्मेवारी पुरा गरेका छैनन् । जुन वेला कोरोना कहरको बाढी आएको छ । त्यो वेला लक डाउनले जनता भोकभोकै परेको स्थिती छ । महंगी नियन्त्रण छैन सरकार इन्धन तस्करी नियन्त्रण गर्ने नाउँमा पेट्रोलियम पर्दाथको मुल्य बढाउछ । सिमामा भइ रहेको तस्करी रोक्न सक्दैन ।धन्न रहेछ अर्थमन्त्री युवराज खतीवडाको आर्थिक विज्ञताको अस्त्र !
जनताले लकडाउनको अवज्ञा गरीसक्यो घुस्याहाहरुलाई ओम्नी ग्रुप नै प्यारो छ । स्वास्थ मन्त्रीलाई अस्पतालहरुको स्थितीका बारेमा मतलब छैन । यर्थाथता के छ प्रेसले थाहाँ पाउन सक्दैन। जनताभन्दा पाउना नजिक ठानेर ओलीको निकट भए वापत स्वास्थ मन्त्रीले सजाय पाउने कुरै भएन ।जती मरेका छन् गरीब र मजदुर मरेका छन्। राज्यबाट हेपीएको समुह भनेको त्यही हो ।मध्यम वर्गीय जमात समेत अब लकडाउनको अवज्ञा गर्न तम्सीदै छ । यसको कारक हुन प्रधानमन्त्री रक्षा मन्त्री अर्थ मन्त्री र स्वास्थ मन्त्री । कोरोनाले यिनीहरुलाई सताएको भए बल पिडा थाहा हुने थियो । यती भद्रगोल अवस्था श्रृजना हुनुको कारण सरकारका अगुवाहरुको हेपाह सैली हो ।प्रधानमन्त्री ले समेत सुरुका समयमा पाटीलाई वास्ता गरेनन् समकक्षीहरुलाई त गन्दै गनेनन् । उनी गरीबका नेता थिएनन् । धनाढ्य तस्करहरु गुटको ओरीपरी भएपछी उनलाई पाटीको आवश्यकता भएन ।
गल्ती गरेपछि समयमा सुधार्नु पर्दछ । तर वर्तमान नेतृव्वले वितेका २ वर्ष गुटको बाहेक देशको सेवा गरेन ।यो यर्थाथता वर्तमानमा तितो हुन सक्दछ । तर सत्य लाई ढाकछोप गर्न सकिदैन ।घरघरमा ग्यास पाइप हावाबाट विजुली मेट्रो रेल र मनोरेलको कथा केवल प्रचारमात्र भयो ।कोरोनाले आर्थिक संकट जनता र गरीब माथि फैलाएपनि सिंहदरबार भित्रका शासक र महाजनहरुलाई छुने अवस्था भएन । यो नै वर्तमान अवस्था हो काम भन्दा भाषणले अर्थ राख्दैन भन्ने कुरा नेतृव्वले समयमा सोचेको भए पाटी बदनाम हुने थिएन। जनप्रतिनिधिहरु लुटाहा बन्ने थिएनन् । यती त सोचीदेउ प्रधानमन्त्रीज्यू जनता भोकै मरेको मोरै हुने अवस्था कहिले सम्म ?