Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

अस्थिरताको जड भित्र खेलदैछन को को ?

इस्वरी वाग्ले
आफू वाहेक कोही देशभक्त र राष्ट्रवादी नदेख्ने एमाले अध्यक्ष केपी ओली वहुमतको सरकार धान्न नसक्ने संसद भंग गर्ने तर सम्वृद्धि र विकासे नारा खोक्न नछाडने नेता भएका कारण पार्टी महासचिव शंकर पोख्रेल र उपाध्यक्ष विष्णु पौडेलको गुट प्रदेशमा चम्केको हो । ओलीलाई देश होइन जनताको समस्या त चिन्तामा छैन मात्र प्रचण्ड सरकार ढाल्ने र माधव नेपालको सम्भावित प्रधानमन्त्री पदमाथी धावा वोल्न काँग्रेसका संस्थापन र संस्थापन इतर माथी साय सहयोग र विस्वास गर्नु हो । भए आँफु नभए काँग्रेसलाई साथ दिने केपीको योजना मन पराएका शंकर, विष्णुले ११ औं अधिवेशनमा अध्यक्षका लागि विद्या भण्डारी अगाडि सार्ने भएका छन् ।
यो गठवन्धन विधि पूर्वक ५ वर्ष चलाउने मिसन ०८४ मा समाजवादी मोर्चावाट चुनाव लडने दाउमा प्रचण्ड माधव रहेका छन् । तर केपीले समाजवादी मोर्चा भत्काउने मात्र होइन अहिलेकै गठवन्धन भत्काएर काँग्रेसलाई बोक्ने अवस्था सर्जना हुँदैछ । वहुमत हुँदा हुकुमी शासन चलाउने अल्पमतमा छँदा संसद भत्काउने केपीको डिजाइनले कम्युनिष्ट नेताको शिर झुकेको छ । अहिले पनि ओली कै कारण प्रधानमन्त्रीले आफू १५ दिन देशमा नहुँदा संसद नै स्थगित गर्नु पर्यो । भत्ता वुझ्ने वैठक चल्न नदिने ओली डिजाइनसँग मुकाविला गर्ने प्रम प्रचण्ड वाहेक अरु भएनन् । उनले देउवालाइई गन्दैनन माधव नेपाललाई त झन टेर्ने कुरै भएन् । संसदीय मोर्चामा ओलीवाद जागेपछि देशमा अभाव र महँगीले ठाउँ लिएको छ । संविधानका आठ वर्षले तार्किक निष्कर्ष दिएन । केपीलाई संघियता मात्र होइन पूर्वराजा ज्ञानेन्द्रवाट खोसीएको गणतन्त्रमा पनि रुची थिएन् । केपीको दाउ संघियता लागू हुन नदिने नै थियो । तर देश विदेशी शक्तिका आडमा संघियता लादीयो पूर्वमा गोरु काटीयो । यो विषयले ओलीलाई छुदैन् । किनकी उनी कोशी प्रदेशमा किराँत राई जस्ता शव्द जोडने पक्षमा छैनन् । वयलगाडा प्रेमीले कम्युनिष्ट शासनको वदनाम मात्र होइन पार्टीको समेत वेइज्जत गराएका छन् । मुखका राष्ट्रवादी व्यवहारका भारतभक्तको जोडले काँग्रेसको डा. शेखर गुटसँगको उठ वसले झन वलियो अराजकतावादमा धकेल्दैछ । काँग्रेसलाई देशकै नागरिकसँग पैसा अशुल्ने डा. आरजु देउवा मन्जु खाँड बचाउनु छ भने बन्दी रहेका वालकृष्ण खाँडलाई जेलमुक्त गराउनु छ ।
मुखले भ्रष्टाचारको विरोध गरेपनि पार्टीमा गुटको खेतीवाट स्थापित भएका डा. शेखर कोइराला प्रचण्डलाई सरकारवाट हटाएर कति दिन एमालेमा एक्लिदै गएका केपी ओलीको जालमा फस्छन थाहा छैन् । वर्तमान सरकारले सम्वुद्धि र विकासको एजेण्डा स्थापित गर्दा प्रहार भएको भ्रष्टाचारमा डा. शेखर छटपटिनु पर्दैनथ्यो । किनकी एमालेको ओली व्राण्ड भ्रष्टाचारी बचाउन अभियानमा छ । अहिले काँग्रेसका भन्दा वढी काण्डा एमाले कै छन् । काँग्रेसले आफ्ना जोगाउन एमालेका काण्ड जोगाउन लाग्दा डा. शेखर जस्ता सदाचारीको समेत अस्तित्वमा प्रश्न उठछ् । त्यो बेला डा. शेखरको अवस्था छर्लंग हुन्छ ।