Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइएमई दसैँ अफर विजेतालाई चेक हस्तान्तरण

काठमाडौँ। ईन्टरनेस्नल मनि एक्सप्रेस (आइएमई) ले दसैँ, तिहार, छठ र नेपाल सम्वत् जस्ता चाडपर्वहरूका अवसरमा ल्याएको अफरको बम्पर विजेतालाई आज चेक हस्तान्तरण गरेको छ। आइएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा नामक थीममा आधारित अफरको विजेता मेखलाल तामाङ्गको सिफारिसमा उक्त चेक बेलीमाया तामाङ्गलाई हस्तान्तरण गरिएको आइएमईले जनाएको छ। मलेसियाबाट आइएमई मार्फत रू। १४ हजार ५० रुपैयाँ पठाएका तामाङ्गले नगद रू। १० लाख उपहार स्वरुप प्राप्त गरेका थिए। मंगलबार काठमाडौँ पानीपोखरीस्थित आइएमईको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष कार्यक्रमकावीच आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले तामाङ्गलाई उक्त चेक हस्तान्तरण गरेका हुन्।