Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आइतबार देशभरका सबै स्वास्थ्य सेवा ठप्प

काठमाडौं । सरकारले डा. गोविन्द केसीका मागलाई फेरि अल्टार्न खोजेपछि नेपाल चिकित्सक संघले कडा आन्दोलनको घोषणा गरेको छ । २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको माग पूरा गर्न सरकारलाई आइतबारसम्मको अल्टिमेटम दिएको छ ।

संघले बुधबार एक विज्ञप्ति जारी गर्दै आइतबार देशभरका स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक र कोभिड–१९ का सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा ठप्प पर्ने घोषणा गरेको छ भने आइतबारसम्म पनि सत्याग्रहको अन्त्य नभएको अवस्थामा थप कडा आन्दोलनका कार्यक्रममा जान बाध्य हुने चेतावनी दिएको छ ।

यसअघि संघले केसीसँगको वार्ता सकारात्मक रुपमा अगाडि बढेको भन्दै आश्विन २३ गते शुक्रबार तय भएको स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रम स्थगित गरेको थियो । तर, केसीको माग हालसम्म पनि पूरा हुन नसकेपछि संघ फेरि आन्दोलित बनेको हो । केसीको १९ औं आमरण अनशन आज २७ औं दिनमा पुगेको छ । तर केसीको वार्ता टोली र सरकारी वार्ता टोलीबीच मागका सम्बन्धमा सहमति नजुट्दा अनसन जारी रहेको छ ।


सम्बन्धित समाचार