Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई तत्काल पदबाट बर्खास्त गरी उनीमाथि लागेको भ्रष्टाचारसम्बन्धी आरोपको छानबिन गर्न माग गरेका छन्।
प्रतिनिधिसभाको बैठकमा बोल्दै सुनारले सामान्य आरोपकै आधारमा यसअघि तीन जना मन्त्री बर्खास्त भइसकेको उल्लेख गर्दै भ्रष्टाचारको गम्भीर आरोप लागेका प्रहरी महानिरीक्षकलाई भने पदमा राखिरहनुको कारण सरकारले स्पष्ट पार्नुपर्ने बताए।
उनले महानिरीक्षक कार्की, उनकी श्रीमती तथा अन्य उच्च अधिकारीमाथि करोडौँ रुपैयाँ भ्रष्टाचार गरेको आरोप लागेको र अख्तियार दुरुपयोग अनुसन्धान आयोग तथा सार्वजनिक लेखा समितिमा उजुरी परेको दाबी गरे। तल्लो तहका प्रहरीको जुत्ता–मोजालगायत सामग्रीमा समेत अनियमितता गरेको आरोप कार्कीमाथि लागेको उनको भनाइ थियो।
सांसद सुनारले सरकारसँग ‘कार्कीलाई बर्खास्त किन नगरेको’ र ‘उनीमाथि छानबिन किन नभएको’ भन्दै प्रश्न गरे। आरोपको विषयमा सरकारले गम्भीरतापूर्वक छानबिन गरी आवश्यक निर्णय लिनुपर्ने उनको माग थियो।
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल
२०८३ भाद्र २६
ताजा नेपाल