Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आईसीयूमै छन् ५४३ कोरोना संक्रमित

काठमाडौँ । कोरोना संक्रमितको संख्या घटेर केही सहज वातावरण बनेको जस्तो देखिए पनि मृत्युको ग्राफ हटै घटेको छैन भने जटिल संक्रमणका कारण आइसीयु पुगेका विरामी पनि ५ सय बढी रहेका छन् । काठमाडौंसहित मुलुकभर ५४३ जना संक्रमितको आईसीयूमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये काठमाडौंमा १ सय ५७ जना आईसीयूमा उपचाररत रहेको मन्त्रालयले शनिबार नियमित मिडिया ब्रिफिङ मार्फत जनाएको छ । यस्तै,काठमाडौंमा ५७ सहित मुलुकभर १ सय ५५ जना संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको छ । काठमाडौंमा एचडीयू जेनेरलमा ५ सय ५२ जना संक्रमितले उपचार गराइरहेका छन् । संस्थागत आइसोलेसनमा २ हजार ९ सय ५० र होम आइसोलेसनमा २३ हजार ५ सय ३९ जना संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ३ सय ३,ललितपुरमा ६० र भक्तपुरमा ५१ जना संक्रमित थपिएका छन् ।


सम्बन्धित समाचार