Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आगामी ९ वैशाखमा एसइईको परीक्षा सुरु तालीका सहीत

​​​​​​​काठमाडौँ । आगामी ९ वैशाखमा माध्यमिक शिक्षा परीक्षा एसइई घोषणा गरेको राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका पनि सार्वजनिक गरेको छ ।

राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले ९ देखि २० वैशाखसम्म परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताउनुभयो ।

तालिका अनुसार आगामी ९ वैशाखमा अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुनेछ । सोही दिन वेद विद्याश्रमतर्फ अनिवार्य संस्कृत भाषा र साहित्यको पनि परीक्षा हुने तालिकामा उल्लेख छ ।

वैशाख ११ गते अनिवार्य गणित र १२ गते अनिवार्य नेपालीको परीक्षा हुनेछ । परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजेसम्म चल्नेछ ।

कोरोना महामारीका कारण कारण अघिल्ला दुई वर्ष भने एसइई भएको थिएन । विद्यालयको आन्तरिक मूल्याङ्कनलाई नै परीक्षा बोर्डले वैधानिकता दिएको थियो ।


सम्बन्धित समाचार