Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज एमालेले काठमाडौंमा प्रदर्शन गर्दै

काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा वृहत जनप्रदर्शन र जनसभा गर्ने भएको छ । एमाले बागमती प्रदेश कमिटीको आयोजनामा बिहान ११ बजे प्रदर्शनीमार्ग भृकुटीमण्डपमा शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा गर्न लागिएको एमालेले जनाएको छ । एमालेले प्रतिनिधिसभा विघटन विरुद्ध र सुशीला कार्की नेतृत्वको सरकार असंवैधानिक तवरले बनेको भन्दै त्यसको विरोध गर्दै आएको छ । एमालेले पहिलो चरणमा गत कात्तिक २२ गते देशैभरका वडास्तरीय भेला गरेको थियो भने २५ गते अधिकांश पालिकाहरूमा जनप्रदर्शन र्‍याली गरेको थियो । यसैगरी कात्तिक २९ गते जिल्लास्तरीय प्रदर्शन र सभा गरेको एमालेले आज काठमाडौंमा वृहत प्रदर्शन गर्न लागेको हो । यस्तै, एमालेले मंसिर ५ गते शुक्रबार सिन्धुलीका पुष्पराज श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय ‘नेशनल भोलेन्टियर्स फोर्स’को घोषणा गरेको गरेको छ ।


सम्बन्धित समाचार

बालेन र रवि प्रवृत्ति कति टिक्छ ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

के गर्लान् दलाल र भरौटेहरू ?

२०८२ फाल्गुन २६

ताजा नेपाल

रवि र बालेनलाई मोदीको बधाई

२०८२ फाल्गुन २६

ताजा नेपाल