Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज ओली र नेपालको निर्णायक वार्ता

काठमाडौं। नेपालीमा उखानै छ, अप्ठ्यारो परेपछि कोरीको पनि पाउ मोल्नु । अहिले ओलीको डुक्राइ गलेको छ । सबैतिरबाट घेरिएपछि साढे भएका ओली नरम शैलीमा आफूले कारबाही गरेका पार्टीका नेताहरुसँग प्रस्तुत हुँदेछन् । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेता माधव कुमार नेपालसँग एकपटक निर्णायक वार्ता गर्ने भएका छन् । यही बैशाख २७ गते विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले पार्टी एकता कायम राख्नको लागि अधिकतम प्रयास राखेको बताउँदै आएका छन् । तर, नेपाल पक्षले पार्टी एकता कायम राख्नको लागि २०७५ जेठ २ गते फर्किनुपर्ने बटमलाईन राखेको छ । यसअघि दुई नेताबीच यही बैशाख ९ र १० गते काठमाडौंको होटेल म्यारियटमा भेटवार्ता भएको थियो । उक्त भेटवार्तामा दुवै नेता आ–आफ्नो अडानबाट टसमस नभएपछि वार्ता निश्कर्ष सम्पन्न भएको थियो । तर, यो बीचमा पार्टी एकता कायम गर्नुपर्ने पक्षमा रहेका दुवै पक्षका दोस्रो तहका नेताहरुले भने निरन्तर सम्वाद जारी राखेका छन् । ओली पक्षबाट विष्णु पौडेल, सुवास नेम्वाङ र राजन भट्टराई सक्रिय छन् भने नेपाल पक्षबाट योगेश भट्टराई र घनश्याम भुषाल छन् । एमालेको एकता जोगाउनको लागि दुवै नेताले आफ्नो अडान छोड्नुपर्ने उनीहरुको सुझाव छ । तर, दोस्रो तहका नेताहरुको सुझावलाई ओली र नेता नेपाल दुवैले ठोस रुपमा ग्रहण गरेका छैनन् । अब प्रधानमन्त्री ओलीले यही बैशाख २७ गते विश्वासको मत लिने घोषणा गरेसँगै नेपाल पक्षसँग वारपार गर्न खोजेको धेरै बुझेका छन् । तर, आज बसेको एमाले स्थायी कमिटी बैठकमा समेत अध्यक्ष ओलीले माधव नेपालसहित यसअघि कारबाही गरेका नेताहरुलाई फुकुवा गर्नेबारे छलफल थालेका छन् । म्यारियट होटेलमा भएको नेत नेपालसँगको एक्लाएक्लै भेटवार्तामा समेत ओलीले कारबाही फुकुवा गरिदिने वचन दिएका थिए । तर, नेता नेपालले कारबाही फुकुवा भन्दापनि पार्टीलाई २०७५ जेठ २ गते फर्किनुपर्ने अडान राखेका थिए । त्यसैले कुरा मिलेको थिएन । विश्वस्त सूत्रकाअनुसार ओलीले आज नै नेता नेपालसँग वार्ता गर्ने तयारी गरेका छन् ।


सम्बन्धित समाचार