Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज चौथो संविधान दिवस

काठमाडौं । जनताबाट निर्वाचित प्रतिनिधिले संविधान सभामार्फत नेपालको संविधान जारी भएको ऐतिहासिक संविधानको आज चौथो वर्ष । संविधान दिवस विविध कार्यक्रमसहित भव्य रूपमा मनाइँदै छ । वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा। रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए ।संविधान जारी भएको ४ वर्षको अवधिमा संविधान कार्यान्वयनको चरणमा छ ।
मिलेर संविधान बनाउने दलहरूले नै वर्तमानका समस्याको समाधान खोज्दै सबैलाई यही संविधानभित्र अटाउनुपर्ने बेला आएको छ ।
संविधानका मूल विशेषतामा आवधिक निर्वाचन, लोकतान्त्रिक मूल्य र मान्यता, कानुनको शासन, कानुनी राज्यको अवधारणा, स्वतन्त्र न्यायपालिका, पूर्ण प्रेस स्वतन्त्रता र समाजवाद रहेका छन् । संविधान दिवसको अवसरमा आज देशैभर सार्वजनिक बिदा दिइएको छ ।


सम्बन्धित समाचार