Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज थपिए १३९ संक्रमित, उपत्यकामा ८

काठमाडौं । पछिल्लो २४ घण्टामा १३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङका क्रममा काठमाडौंका ३, ललितपुरका ३ सहित देशभर १३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल देशभर ४ हजार ९५० जना सक्रिय संक्रमित रहेका छन् । हालसम्म १८ हजार ७५२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६२६ जना डिस्चार्ज भएसँगै निको हुनेको संख्या १३ हजार ७५४ पुगेको छ । क्वारेन्टिनमा १६ हजार ३७९ जना रहेका छन् ।