Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तार

काठमाडौं । सरकार विस्तार भालुको कम्पट बनिरहेको बेला मिलेका जति पार्टीको मन्त्रालय भागवण्डा मिलाएर आज पहिलो चरणको मन्त्रिपरिषद् विस्तार गरिने भएको छ । दशदलीय गठबन्धनमा दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्नेगरी छलफल अघि बढेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले दुई चरण गरेर मन्त्रिपरिषद् विस्तार गर्नेगर्ने लगभग सहमति भएको बैठकमा सहभागी एक नेताले बताए । ती नेताले भने, दुई चरणमा मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ । सकेसम्म आजै केही मन्त्रीहरूको शपथ हुने सम्भावना छ । ढिलोमा भोलिसम्म जानसक्ला । गठबन्धनका शीर्ष नेताहरू बेलुका ३ बजे बैठक बस्नेगरी उठेका छन् । अहिले प्रधानमन्त्री प्रचण्डले नेकपा एसका अध्यक्ष माधव नेपालसँग छलफल गरिररहेका छन् । प्रधानमन्त्रीले आफूलाई विश्वासको मत दिने सबै दललाई सरकारमा समेट्ने प्रयास गरिरहेका छन् । त्यसैले आज सानो मन्त्रिमण्डल बनाएर थप गृहकार्य गरेर केही दिनमै सरकारलाई पूर्णता दिने सहमति बनेको छ ।