Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज प्रधानमन्त्री ओलीले राष्ट्रियसभामाको सामना गर्दैछन्

काठमाडौँ । ६४ प्रतिशत बहुमतको धमास दिँदै प्रतिनिधिसभा विघटन गरेर आफूले ऐेतिहासिक काम गरेको घोषणा गर्दै देशव्यापी रुपमा दौडाहामा रहेका केपी शर्मा ओलीले आज राष्ट्रियसभालाई सम्बोधन गर्ने भएका छन् । प्रतिनिधिसभा विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज पहिलो पटक राष्ट्रियसभाको बैठकमा सम्बोधन गर्न लागेका हुन् । दिउँसो १ बजे राष्ट्रियसभा बैठकमा प्रधानमन्त्री ओलीले विकसित पछिल्ला राजनीतिक घटनाक्रमका बारेमा जानकारी गराउने उनको सचिवालयले जनाएको छ । बैठकमा प्रतिनिधिसभा विघटन गर्नु पर्ने बाध्यता र वैशाखको मध्यावधि चुनाव तोकिएकै मितिमा घोषणा हुनेमा प्रधानमन्त्री ओलीले आश्वस्त पार्ने तयारी गरेको स्रोतले जनाएको छ । प्रतिनिधिसभा विघटनपछि सत्तारूढ नेकपा विभाजित बनेको छ । यद्यपि त्यसलाई निर्वाचन आयोगले वैधता दिइसकेको छैन ।