Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज फेरि ओली–नेपालबीच वार्ता, होला त सहमति ?

काठमाडौ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच आज पनि भेट वार्ता हुने भएको छ । बुधबार काठमाडौंको नक्सालस्थित मेरियट होटलमा साझ करिब २ घन्टाको एक्लाएक्लै भेटवार्ता पछि दुवैले आ–आफ्नो समुहको नेताहरुलाई भेटवार्ता बारे विफ्रिङ गरेपछि उनीहरु आज २ बजे पुनः भेटवार्तामा जुट्न लागेका हुन। आज बिहान प्रधानमन्त्री ओलीले नेता नेपाललाई फोन गरी भेट्न आग्रह गरेका थिए । उता माधव नेपालले पनि आफ्नो समुहको नेताहरुसँग आज बिहान ओलीसँगको भेटवार्ताको बारेमा विफ्रिङ गरेका थिए । पछिल्लो समय एमाले भित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ । दुवै नेताबीचको भेटवार्तालाई लिएर एमाले नेता कार्यकर्ता पक्तिमा उत्साह भरिएको छ । अध्यक्ष ओलीले नेता नेपाल सहित उनी पक्षधर प्रतिनिधी सभाका २७ सांसद र कर्णाली प्रदेशका ५ सांसद गरी ३२ सांसदलाई कारवाही गर्ने चोतनावनी सहित स्पष्टीकरण साधेको भोलीपल्टै भएको ओली र नेपालबीच भेटवार्तालाई अर्थ पुर्ण रुपमा हेरिएको छ । तर आज बिहान अध्यक्ष ओलीको आक्रोश सुन्दा त्यहाँ मिल्ने र सहमति हुने ठाउँ देखिँदैन ।