Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज बजेट सार्वजनिक गरिँदै

काठमाडौं । कारोना कहरका कारण उत्पन्न भएको संकटका बीचमा सरकारले आज आगामी आर्थिक वर्ष २०७७÷०७८ को बजेट संसदमा प्रस्तुत गर्दैछ । अर्थमन्त्री डा।युवराज खतिवडाले संघीय संसदको संयुक्त बैठकमा अपराह्न ४ बजे राजश्व र आयको विवरण प्रस्तुत गर्नेछन् । नेपालको संविधान बमोजिम हरेक वर्ष जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यलाई आग्रह गरेका छन् । नीति तथा कार्यक्रममा प्राथमिकतमा राखिएका कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणसहित कृषि र रोजगारी लगायतका क्षेत्रलाई केन्द्रित गरेर बजेट ल्याइने छ ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल