Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आज भीषण वर्षा, कता कता जोखिम ?

काठमाडौं । लगातारको वर्षा जारी नै रहेको बेला देशका अधिकांश भू–भागमा आज वर्षा हुने अनुमान मौसम पूर्वानुमान महाशाखाले गरेको छ। सबैभन्दा धेरै वर्षा मधेस प्रदेशमा हुने अनुमान छ। अहिले पनि मधेस, बागमती र लुम्बिनी प्रदेशका केही ठाउँमा वर्षा भइरहेको छ। महाशाखाका अनुसार आज प्रदेश १, मधेस , बागमती, गण्डकी र कर्णाली प्रदेशमा वर्षाको सम्भावना छ। प्रदेश १, मधेस र बागमती प्रदेशका केही स्थानमा भारी वर्षाकोसमेत सम्भावना रहेको महाशाखाले जनाएको छ।
यतिबेला प्रदेश १, मधेस, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ। अन्य प्रदेशमा भने स्थानीय वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव छ। जसको प्रभावले ती क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको अवस्था छ। उक्त प्रणालीको प्रभावले आज दिनभर प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली हुने अनुमान महाशाखाले गरेको छ।
महाशाखाका अनुसार आज प्रदेश १, मधेस प्रदेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा अन्य प्रदेशका पहाडी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति पनि प्रदेश १ र मधेस प्रदेशका धेरै स्थान, बागमती, गण्डकी र कर्णाली प्रदेशसहित अन्य प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।


सम्बन्धित समाचार