Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं । विमल घर्तीमगरको उत्कृष्ट प्रदर्शनमा मछिन्द्र फुटबल क्लबले आइतबार सहिद स्मारक ‘ए’ डिभिजन लिगमा ब्रिगेड ब्वाइजलाई ४–० ले हराएको छ । जितसँगै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ ।
विमलले दुई गोल गर्नुका साथै अर्को गोलमा अवसर सिर्जना गरिदिएका थिए । जितसँगै मछिन्द्रले उपाधि होड बलियो बनाएको छ । सातौँ चरणको खेल सकिँदासम्म शीर्ष स्थानमा रहेर एएफसी कपमा स्थान पक्का गरिसकेको मछिन्द्रले आजको जितेसँगै उपाधि होड पनि बलियो बनाएको छ ।
नवौँ चरणको खेल सकिँदा मछिन्द्र २३ अंकका साथ शीर्ष स्थानमा छ । जुन दोस्रो स्थानको मनाङ मर्स्याङ्दीभन्दा चार अंकले माथि हो । समान खेलबाट १९ अंक जोडेको मनाङ दोस्रो स्थानमा छ । पराजित ब्रिगेड ब्वाइज भने ६ अंकका साथ १२औँ स्थानमा छ । जुन रेलिगेशन क्षेत्रमा रहेको च्यासल युथ भन्दा एक अंकले माथि हो ।
आजै च्यासल र नेपाल पुलिस क्लबीच हुने भनिएको दोस्रो खेल कोभिड–१९ का कारण स्थगित भएको छ । च्यासल युथका १९ खेलाडीमा कोभिड–१९ संक्रमण भएको थियो ।
साविक विजेता मछिन्द्रले ५७औँ मिनेटमा विमलको गोलबाट गोलबाट अग्रता लिएको थियो । छिरिङ गुरुङले दायाँ भागबाट गरेको क्रसलाई ६ यार्ड बक्सभित्र रहेको रेजिन सुब्बाले ‘एक्रोबाइटिक सट’ हान्दै पोस्टको दिशा दिन खोजेका थिए । तर पोस्ट भित्र नगएको बललाई विमलले हेडमार्फत पोस्टको दिशा दिएका थिए ।
विमलले ६२औँ मिनेटमा अग्रता दोब्बर बनाए । विमलले रक्षक देबेन्द्र तामाङले आफ्नो क्षेत्रबाट दिएको लामो पासलाई नियन्त्रणमा लिदै ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रित सिंहको टाङ मुनिबाट पोस्टको दिशा दिएका थिए ।
जारी लिगमा विमलको यो तेस्रो खेल हो । यसअघि विमलले चौँथो चरणमा हिमालयन शेर्पाविरुद्ध गोल गरेका थिए ।
विमलले ६६औँ मिनेटमा ह्याट्रिक गर्ने अवसर खेर फालेका थिए । कप्तान सुजल श्रेष्ठको क्रसमा विमलले गरेको प्रहार थोरैले बाहिरिएको थियो । त्यस्तै ७६औँ मिनटमा पनि विमल ह्याट्रिक गर्नबाट चुके । विमलले १८ यार्डबाट खाली पोस्टमा हानेको प्रहार थोरैले बाहिरिएको थियो ।
८३औँ मिनेटमा रेजिन सुब्बाले तेस्रो गोल थपे । विमलले दायाँ कर्नरबाट दिएको क्रसलाई रेजिनले ६ यार्ड बक्सबाट पोस्टको दिशा दिएका थिए । जारी लिगमा रेजिनको यो पहिलो खेल हो भने गोल पनि पहिलो हो । चोटका कारण लामो समय मैदान बाहिर रहेका रेजिन पहिलो हाफको इन्जुरी समयमा नुर्लान नुभरुजोभको स्थानमा मैदान छिरेका थिए ।
इन्जुरी समयमा अभिषेक रिजालले चौथो गोल गरे । अभिषेकले सुजल श्रेष्ठको पासमा गोल गरेका थिए । जारी लिगमा अभिषेकको पनि यो पहिलो गोल हो ।
मछिन्द्रले पहिलो हाफमा पनि गोल गर्ने केही राम्रा अवसर खेर फालेको थियो । १४औँ मिनेटमा रञ्जित धिमालको क्रसमा मछिन्द्रका देवेन्द्र तामाङको हेड प्रहारले पोस्टको दिशा लिन सकेन । २२औँ मिनेटमा छिरिङ गुरुङको क्रसमा विमलको हेडप्रहार पनि थोरैले आशासिएको थियो ।
२५औँ मिनेटमा कर्नरबाट आएको बलमा मछिन्द्रका कप्तान सुजल श्रेष्ठको प्रहार ब्रिगेड ब्वाइजका गोलकिपर गुरप्रितले मुश्किलले बचाएका थिए । २९औँ मिनेटमा रञ्जित धिमालको कर्नरमा मछिन्द्रका नोर्लनको हेडप्रहार पोस्ट नजिकैबाट बाहिरिएको थियो
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल
२०८३ जेष्ठ ६
ताजा नेपाल