Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजदेखि संसदको हिउँदे अधिवेशन

काठमाडौं । संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ । राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज पुस ४ गते शुक्रबार अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् । बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान रहेकाले यो विषय अन्यौलमा परेको हो । संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।
नागरिकताअनुसार प्रतिनिधिसभाको जेष्ठ सदस्य राजपाका महेन्द्रराय यादव हुन्। तर, उनको नागरिकतामा उल्लेख भएको जन्ममिति गलत भएको पाइएपछि ७५ वर्षे महन्थ ठाकुरले जेष्ठ सदस्यको हैसियतमा प्रतिनिसभाका सदस्यहरुलाई शपथ गराएका थिए।


सम्बन्धित समाचार