Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट तीन दिन बैँकका सबै शाखा बन्द

काठमाडौँ । आजबाट तीन दिनसम्म बैंकहरु बन्द भएका छन् । तिहारको बिदा अवधि भएकाले आज, भोलि र पर्सी सबै बैंकहरू बन्द भएको नेपाल बैंकर्स संघले जनाएको छ । गएको वर्षको दशैँ तथा तिहारको बिदामासमेत बैंकले सीमित काउन्टरमार्फत सेवा प्रवाह गर्दै आएका थिए । तर, यस वर्ष कोरोना महामारीले गर्दा बैंक तथा वित्तीय संस्थाले सेवा बन्द गरेका हुन् ।
सीमित शाखा खोलेर बैं‌किङ्ग सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले बन्द गर्ने निर्णय भएको नेपाल बैंकर्स संघले जनाएको छ । सबै बैंकका शाखाहरु बन्द भए पनि डिजिटल बैंकिङ्ग र एटीएम सेवाहरु भने सञ्चालन भइरहने संघले जनाएको छ ।


सम्बन्धित समाचार