Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट बालबालिकालाई फाइजर खोप लगाइने

काठमाडौं। भीडभाड हुने स्कुल कलेजका विद्यार्थी कोरोना जोखिममा रहेका बेला सरकारले आजबाट ७ वटै प्रदेशका ५७ वटा जिल्लामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिडविरुद्धका मोर्डना खोप दिदै छ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुली र चितवन, डडेल्धुरा र सुर्खेतमा भने पुस १३ देखि २२ सम्म फाइजर खोप अभियान चलाईने छ ।
मन्त्रालयले १३ देखि २२ गतेसम्म पहिलो मात्रा र माघ ४ देखि १३ गतेसम्म दोस्रो मात्रा खोप लगाउने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवाडाले हेटौंडा उप–महानगरपालिकाको भुटनदेवी माध्यमिक विद्यालयबाट अहिले बिहान १० बजे यस अभियानको उद्घाटन गर्दैछन् । स्थानीय तहहरुमा भने मेयर, उपमेयर, प्रमुख प्रशासकीय अधिकृत र विभिन्न दलका नेताले अभियानको सुरुआत गर्नेछन् ।
यसअघि फाइजर खोप दिएका जिल्लामा सोही खोप र अन्यमा मोर्डना खोप लगाइनेछ । झापा, मोरङ र सुनसरी, सप्तरी, धनुषा र पर्सा, कास्की र वाग्लुङ, रूपन्देही वाग्लुङ, दाङ र कैलालीमा दोस्रो चरणको फाइजर खोप चलाउने मन्त्रालयको तयारी छ ।