Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
प्रधानन्यायाधीशमा सिफारिस भएका न्यायाधीश मनोज कुमार शर्मामाथिको संसदीय सुनुवाइ आजदेखि सुरु हुँदैछ।
यसका लागि संसदीय सुनुवाइ समितिको बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ। बैठक संघीय संसद् भवनस्थित विधायन व्यवस्थापन समितिको सभाकक्षमा बस्नेछ।
समितिमा शर्माविरुद्ध सात वटा उजुरी दर्ता भएका छन्। समितिकी उपसचिव सावित्रा शर्माका अनुसार ती उजुरी आजको बैठकमा खोलिने तयारी गरिएको छ।
समितिले गत वैशाख २५ गते १० दिनको समयसीमा दिँदै शर्माविरुद्ध उजुरी आह्वान गरेको थियो। उजुरी दर्ताको अन्तिम म्याद सोमबारसम्म तोकिएको थियो।
दर्ता भएका उजुरी अध्ययनका लागि समितिका सबै सदस्यलाई वितरण गर्ने तयारी पनि गरिएको छ।
संवैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सिफारिस गरेका शर्मालाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट नियुक्ति हुने कानुनी व्यवस्था छ।
गत वैशाख २४ गते बसेको संवैधानिक परिषद्को बैठकले सर्वोच्च अदालतका न्यायाधीश शर्मालाई प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो।
सर्वोच्च अदालतमा चौथो वरियतामा रहेका शर्माको सिफारिसपछि कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल तथा नेपाल बार एशोसियसनलगायतले विरोध जनाएका छन्।
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल
२०८३ जेष्ठ ५
ताजा नेपाल