Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आजबाट सुपथ मुल्य पसल सञ्चालन

काठमाडौँ । चाडपर्व नजिकिएसँगै सुपथ मूल्य पसल सञ्चालनमा आएका छन् । कोरोना भाइरसका कारण ६ महिना लामो बन्दाबन्दी खुकुलो बनाएसँगै राजधानी काठमाडौँमा मानिसहरुको चहलपहल बढेको छ । कोभिडका कारण यसअघिका चाडपर्व राम्रोसँग मनाउन नपाए पनि नजिकिँदै गरेको दशैं तिहार लगायतका चाडपर्व मनाउन पाइन्छ कि भन्ने मानिसहरुको आश छ । दशैं आउन एक महिना मात्र बाँकी छ । अन्य वर्षहरुमा झैं यसवर्ष पनि दशैं लक्षित बजार खुल्न थालेका छन् । विशेषगरी सरकारी स्वामित्वका संस्थानहरुले सुपथ मुल्य पसलहरु सञ्चालनमा ल्याएका छन् । आजबाट सरकारले चाडपर्वलक्षित सुपथ मुल्यका पसल सञ्चालनमा ल्याएका छन् । दशैं, तिहार तथा छठजस्ता चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि उपत्यकालगायत बाहिरी जिल्लाहरुमा सरकारले सुपथ मुल्य पसल सञ्चालनमा ल्याएको हो । उद्योग वाणिज्य तथा आपुर्ती मन्त्रालयकाअनुसार विगतका वर्षहरुमा झैं यसवर्ष पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ड ड्रेडिङ कर्पोरेसनले आफ्ना बिक्री कक्षबाट उपभोक्तालाई सुपथ मुल्यमा सामग्री उपलब्ध गराउन थालेका छन् ।
आजबाट सञ्चालनमा आएका सुपथ मुल्य पसलहरु छठको भोलिपल्टसम्म निरन्तर सञ्चालनमा रहने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ । कोभिड १९ का कारण कम्पनीले केही महिनाअघिबाट अनलाईन डेलिभरी समेत दिदैं आइरहेको छ । पहिलो चरणमा काठमाडौंको चक्रपथभित्रका बासिन्दाका लागि मात्र लक्षित गरेर खोलिएको भएपनि अहिले उपत्यकाभर र सुर्खेतमा पनि अनलाईन अर्डर र डेलिभरीको काम भइरहेको उनले जानकारी दिइन् । सोना मनसुली र जिरा मनसुली चामल, चिनीलगायतका खाद्य सामग्री चाडपर्वमा अनलाईनमार्फत उपभोक्ताको अर्डर डेलिभरी गर्ने योजना कम्पनीको रहेको छ ।


सम्बन्धित समाचार