Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आठ जना प्रहरीको ज्यान लिने गुण्डा नाइके प्रहरी कारबाहीमा मारिए

काठमाडौं । आठ जना प्रहरीको ज्यान लिने भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए । दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ । भारतको कानपुरमा दुवेको समूहसँगको मुठभेडमा एक डिएसपीसहित ८ जनाको मृत्यु भएको थियो ।