Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आप्रवासीलाई अमेरिका प्रवेशमा प्रतिबन्ध जारी

एजेन्सी । कोरोना संक्रमणको केन्द्र बनेको अमेरिकाले आप्रवासीहरुलाई अमेरिका प्रवेशमा लगाइएको अस्थायी प्रतिबन्ध ६० दिनसम्म कायम रहने प्रष्ट पारेका छन् । यो प्रतिबन्ध अमेरिकामा स्थायी बसोबासको स्वीकृति खोजी गरिरहेकाहरुको हकमा मात्रै हुने ट्रम्पले बताएका छन् । अर्थात ग्रिन कार्ड सम्बन्धी गतिविधि ६० दिनसम्म रोकिने छ । सोमबार ट्वीट मार्फत आप्रवासन सम्बन्धी गतिविधि अस्थायी रुपमा रोक्ने घोषणा गरेका राष्ट्रपति ट्रम्पले मंगलबार यसबारे अझ प्रष्ट पारेका हुन् ।
कोरोना भाइरसले रोजगारी गुमाएका अमेरिकीहरुको रोजगारी सुनिश्चित गर्नका लागि यस्तो निर्णय लिइएको उनले बताएका छन् । बीबीसीका अनुसार अस्थायी आवासको स्वीकृति लिएर कामका लागि अमेरिका प्रवेश गर्नेहरुका लागि भने नयाँ नियम लागु हुने छैन ।


सम्बन्धित समाचार