Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर मृत्यु

बैतडी । गोली लागेर गम्भीर घाइते भएका बैतडीका एक युवकको आज मृत्यु भएको हो । मृत्यु हुनेमा मेलौली नगरपालिका–३ ढडौनका २५ वर्षीय लक्ष्मण चन्द रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । गोली लागेर घाइते भएका चन्दको जिल्लामा उपचार हुन नसक्दा काठमाडौँ रेफर गरिएको थियो । काठमाडौँमा पनि उपचार हुन नसक्ने भन्दै घर लैजान भनिएपछि अत्तरिया पुग्दा चन्दको मृत्यु भएको प्रहरीले जनकारी दिएको छ । चैत १४ गते घरमै रहेका बेला आफैँले बन्दुक चलाउँदा घाँटीमा गोली लागेर चन्द घाइते भएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक अधिकारीका अनुसार चन्दको घरबाट बन्दुक बरामद गरिएको छ । उनले किन बन्दुक चलाए भन्नेबारे खुल्न नसकेको र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ ।


सम्बन्धित समाचार