Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफैं मात्रै लुड्याएर हुँदैन महाराज

काठमाडौं । पुरानो हुँदैमा जनताप्रति उत्तरदायी हुन्थ्यो भने नेपालको कम्युनिष्ट पार्टीले अहिले आम नागरिक बाँकेको मरेको बेवास्ता गरेर बस्ने थिएन । उमेर मात्रै परिपक्व भएर दल जनताप्रति उत्तरदायी हुँदैन रहेछ । छिमेकी देश भारमा एक दशक पनि पुरा नगरेको अन्ना हजारेको भ्रष्टाचार विरोधी अभियानलाई पार्टीको मुल आदर्श बनाएको आम आद्मी पार्टीले अहिले विशाल भारतको राजधानी नयाँ दिल्लीमा दुई तिहाई बहुमत हालिस गरेर सरकार चलाइरहेको छ । त्यहाँ पनि पुराना काँग्रेस आई, बिजेपीप्रति जनताको वितृष्णा बढिरहेका बेला आम आद्मीले मुख मात्रै चलाएन व्यवहार पनि देखायो । त्यसैले त उसले पहिलो कार्यकाल त्रिसंकु सरकार बनाएकोमा अहिले दुई तिहाई बहुमतको सरकार निर्माण गरेको छ ।

शासन जनपक्षीय हुन प्रधानमन्त्री नै जनप्रिय हुनुपर्छ । त्यो अवसर यस पटक नेपाल कम्युनिष्ट पार्टीको नेतृत्वले पाएको थियो । तर सरकारको नेतृत्व सम्हाल्न पुगेका प्रधानमन्त्री केपी ओली जनताको खुशी र प्रगतिमा गुटको भलो र खुशीमा रमाउँदा पार्टी समेत उनको विपक्षमा उभिन पुगेको छ । उनको विकार र समृद्धि, पानी जहाज र रेलसँगै कता पुग्यो पत्तो छैन । गुटको लुटलाई साथ दिने नेताले देशको वास्तविकता सम्झन सक्दैन । अहिले नेकपामा चर्केको द्वन्द्व स्वार्थको हो । नेतृत्व जो सत्तामा छ, त्यो आफ्नो परिवार र नातावादभन्दा टाडा जाँदा गुटमा रमाएको छ, जो सत्तामा छैन, ऊ कुर्सीको भोकले तड्पिएको छ । कम्युनिस्ट पार्टीले न्यूनतम आधारभूत आवश्यकता पूरा गर्न सक्ने अर्थनीति लागू गरेको भए चुनावमा जनतालाई दिएको आश्वासनको झल्को दिन्थ्यो । तर नेकपामा सरकार बनेदेखि निरन्तर द्वन्द्व देखियो । यसको कारक बने प्रधानमन्त्री ओली र उनको गुट ।

अपराध अत्यधिक बढेको छ । राजनीतिक संरक्षणले अपराध बढेका हो । गुटको सेवक बन्दा पार्टीको नीति, विचार र सिद्धान्तको ख्याल भएन । खोक्रो भाषण, झूटो आश्वासनबाहेक प्रमको बोली फेरिएन । मौका पर्दा पार्टीका समकक्षीलाई हेग र युद्ध अपराधको धम्की दिएको छ, व्यक्ति हत्या गरेर १४ वर्ष जेलको झिँडी आफूले लिएको फूर्ति लगाएको छ । व्यक्ति हत्या सबै अपराध हुन् भन्ने २०२८ को ठीक र २०५२–०६२ को बेठीक मान्न सकिँदैन । सामन्तवादी सोच र अहङ्कारको कारण सर्वहारा वर्गको सहयोगी शक्ति किन सीआईए र नेपाल गुप्तचर विभागको भत्ता खाएर सहपाठी सहधर्मी शक्तिमाथि प्रहार गर्न तम्सन्छ ? तत्कालीन एमालेको ओली गुटको मान्छे, सेना, प्रहरी, गुप्तचरको जासुस बनेर बन्दोबस्त गर्न सफल छ । त्यो शक्तिले परिवर्तनको बाटोमा राज्यको कार्यक्रम र नीतिगत सुधार गर्न दिँदैन । ओली त्यसकै घेराउमा छन् । त्यसको सिकार भएका प्रमले पार्टीलाई लत्याउने गरेका छन् ।

निरन्तर पार्टीका सहमति तोड्न ऐंजेरु र अरिङ्गाल लगाएर नेता–कार्यकर्ता धम्क्याउने, हत्या र बलात्कारका कर्मकाण्डमा सहभागी भएकाहरूको संरक्षण गरेका छन् । छिमेकी भारतको राजधानी दिल्लीका अरविन्द केजरीवाल कम्युनिस्ट होइनन् तर उनले कोरोना उपचार स्वास्थ्य, शिक्षा, रोजगारीको जिम्मा सरकारले लिन्छ भनेकै छन् । गरीबलाई बिजुली निःशुल्क, महिनाको एक सिलिन्डर ग्यास, महिला, वृद्धवृद्धाहरूलाई निःशुल्क बस यात्रा, निःशुल्क शिक्षा केजरीवालको सरकारले दिएको उपहार हो । स्थानीय बासिन्दालाई रासन कार्ड सबै राज्यमा लागू छ । तर नेकपाको सरकारका प्रधानमन्त्री र डनको गुटले कोरोनाकै नाममा देश लुट्यो ।

भ्रष्टाचारको सिमाना नाघ्यो । लकडाउले रोजगारी गुमाएको जमात हेरेन मात्र होइन, गरीबका निम्ति सिन्को भाँचेन । कम्युनिस्ट नामधारी सरकारको त्यो लज्जाको जिम्मा लिने को ? पार्टीमा द्वन्द्व निरन्तर छ, पार्टी निर्देशन सधैँ लत्याएको छ । आदर्श र संस्कार गुमाएको ओलीपथले चीन र भारतका अगाडि लज्जित हुने काम ग¥यो । आत्मस्वाभिमान गुमाउँदै गयो । राष्ट्रपति राजासरह भइन् । प्रधानमन्त्री राजा नै भए । राज्यकोषको खर्च लापरवाही छ । श्रमको सम्मान भएन । जनसरोरकामार चिन्ता छैन । जनताको आभारभूत आवश्यकता भन्दा गुटको स्वर्थमा ओलीको ध्यान गयो । काँग्रेसका शेरबहादुर देउवाको भनाइमा ओली र देउवाभन्दा १० गुणा बढी भ्रष्टाचार भएका छन् । कम्युनिस्टको नाममा राजनीतिक व्यापार गर्दा देशको राष्ट्रिय स्वाभिमान र आत्मसम्मान समेत जोगिएन । भारतीय गुप्तचरसँगको गोप्य भेट र ओली गुटको पार्टी विभाजन गर्ने योजनाले त्यही देखियो ।

उनी भारदारी सभाका बादशाह बनेर लुटाहाहरूबाट मोहित भएका छन् । सरकारबाट कम्युनिस्ट पार्टीको चुनाव घोषणपात्रले दर्शाएका विषयमा चासो भएन । आचरण र दृष्टिले नेकपाको सत्ताका बेला महिला हिंसा र बलात्कारका घटना बढ्नु हँुदैनथ्यो । तर अपराधी जोगाउने काम सरकारले गरेको छ । अस्थिरता हटोस्, स्थायित्व बढोस् बनेर नेकपालाई बहुमत दिएको जनता ओली शासनबाट निराश बन्दैछ । प्रणालीगत रूपमा सङ्घीयतालाई बलियो बनाउनुपथ्र्यो । प्रधानमन्त्री नै सङ्घीयताको विरोधी भएको झल्को उनकै व्यवहारले देखाएका छन् ।