Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो लाज छोप्न पूर्व राजालाई सत्तोसराप

काठमाडौं । गणतन्त्रका नयाँ राजाहरूले वर्षमा ५० लाख सुम्पेर पूर्व राष्ट्रपतिहरू पाल्दा तिनको जनमत घट्दो छ । शाह वंशीय राजतन्त्रको अन्त्यले गणतन्त्रलाई बाटो छोड्यो । तर देशका नेता नै खञ्चुवा भए, जनताको नाममा यिनको लुट चम्कियो । लोतन्त्रको १६ वर्षमा आन्तरिक र बाहिरी ऋण बढेको छ । जनतालाई व्यवस्था बदल्दा केही उपलब्धी दिन नसक्ने काँग्रेस, कम्युनिष्टहरू कति निर्लज्ज छन् त्यसको उदाहरण हरेक सरकारले आफ्नालाई पाल्न देशको राजश्व सुम्पेका निर्णय हुन् । सरकारले हालै केही ठालु, काँग्रेस, एमाले, माओवादी, मधेशवादीलाई लाखौं सुम्पँदा करोडौं सकियो । काम गरेका ठेकेदारले पैसा नपाउने दलका झुण्डलाई उपचार खर्च बाँड्नु कुन नैतिकता हो ? यिनैले राजाबाट नागरिक बनेका पूर्व राजा ज्ञानेन्द्र शालाई धम्क्याउने गरेकाछन् । ज्ञानेन्द्र जुनसुकै जिल्ला र क्षेत्रबाट चुनाव लड्दा जित्छन् । उनलाई नेताले जस्तो करोड खर्च गर्नु पर्दैन । तर नेताले मासुभात, रक्सी, मोटरसाइकलमा इन्धन नदिएसम्म कार्यकर्ता खट्दैन । यो स्थिति पूर्व राजाले बनाएको हो कि दलका भ्रष्ट नेताले बनाएको हो ?
भ्रष्टाचार प्रकरणमा सबै नेता सहभागी छन् । ५ पटक प्रम भएका काँग्रेसका शेरबहादुर देउवाले आफ्नो कार्यकालमा कुनै त्यस्ता काम गरेको रेडर्क छैन । देश लुट्ने बाहेक देउवाबाट केही भएन, केपी ओली कम्युनिष्ट पार्टीका झण्डै २ तिहाईको सरकारबाट गर्न सक्ने कुनै काम गरेनन् । बरु उनले देशको सम्पत्ति माफिया समूहलाई सुम्पँदै जाँदा भारतले तीर्थयात्री बास बस्न बनाइदिएको धर्मशाला बतास समूहलाई होटल चलाउन दिए । पशुपतिमा सुनको जलारी राख्दा १२ केजी सुन गायब बनाए । थामसेर्कु प्रकरण, यति एयर, हिमालयन एयरलाई व्यापार दिएर वायुसेवा निगमलाई डुबाएकै हुन् । माधव नेपालले ललिता निवास प्रकरणमा जोगिए पनि उनकै पालामा सार्वजनिक वन व्यापारी घरानालाई सुम्पने काम भयो । डा. बाबुरामले बिप्पा गरेर भारतलाई खुशी बनाए । उनको शासनमा पनि देश लुट्नेक्रम घटेन । अहिले प्रधानमन्त्री प्रचण्ड देख्दा राम्रा राम्रा निर्णय गर्छन् तर राजश्व सक्ने राजनीतिक स्वार्थमा नाच्न सफल छन् ।
आफू स्वच्छ र शुद्ध भएको भए अरुलाई भन्न मिल्छ । आफ्नो पार्टीको हैसियत बचाउन नसक्ने माओवादी र काँग्रेसको काँधमा चढेर नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको फूर्ति किन बढेको हो ? काँग्रेसकै कृपामा संविधानसभाका बेला माओवादीलाई एक्ल्याएर जसको बिहे उसैलाई आउन नदिए भनेजस्तै गरेकै थिए । एक्लै चुनाव लड्दा माओवादी नै तेस्रो हुन्छ भन्न सकिँदैन । माओवादीले काँध थाप्दा १० सिट प्रत्यक्ष जितेर राष्ट्रिय पार्टी बन्न नसकेको माधव नेपालको पार्टी पूर्व राजाले बोल्दा डराउने किन ? पूर्व राजा जहाँ जान्छन् त्यहाँ भीड बढ्नुको कारण नै नेताको भ्रष्टाचारी स्वाभाव हो । राप्रपा, रास्वपा जस्ता पार्टी पूर्व राजाको पक्षमा छन् ।
काँग्रेस, एमालेमा राजाको रछ्यानमा बाँचेर देश लुटेको जमात छ । त्यो जमातको एउटा खम्बा माधव हुन् जसले दाम चढाएर ढोगेको राजा ज्ञानेन्द्र हुन् । हाल ज्ञानेन्द्रले व्यापार गरेका छन् । कमाएका छन् राजश्व बुझाएका छन् । तर केपी ओली, प्रचण्ड, देउवा, माधव नेपाल त देश लुटेर खाइरहेका छन् । जनतालाई यिनले के दिए गणतन्त्रको १६ वर्षसम्म ? फेरि पनि धम्की यिनैको चर्को छ ।