Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशको दायित्व हो : प्रधानमन्त्री

काठमाडौं । मंगलबार देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण फैलिन नदिन सबै प्रयास जारी राखिएको उल्लेख गर्दै त्यसका बाबजुद २ हप्ता थप चुनौती थपिन सक्ने बताए । अझै पनि थप दुई साता थप चुनौती हुन सक्छ, प्रधानमन्त्री ओलीले भने, यस बीचमा माहारीको संक्रमण फैलिन नदिन सबै प्रयास गरिने छ । र्रयापिड टेस्ट किटले संक्रमण पहिचानमा सघाउने विश्वास लिएका छौं । अहिले देखिएको संकटको कालो बादल छिट्टै हटेर जाने विश्वास लिएका प्रधानमन्त्री ओलीले त्यसबेला सम्मका लागि सबैले आफू रहकै स्थानमा सुरक्षित साथ बस्नुपर्ने बताए ।
जो जहाँ छौं त्यही सरक्षित रहौं । संकटको काले बादल हटेर जानेछ, प्रधानमन्त्री ओलीले भने, आफ्नो सीमा भित्र रहेका मानिसको रक्षा गर्नु सबै देशका सरकारको दायित्व हो । हाम्रो विश्वास छ विदेशमा रहेका नेपालीले पनि त्यहीको सरकारबाट माया पाउनुहुनेछ ।


सम्बन्धित समाचार