Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आयोगमा आज तत्कालीन गृहमन्त्री लेखकको बयान

काठमाडौं । जेनजी आन्दोलनका बेला भदौ २३ र २४ गते भएका घटना सम्बन्धमा बयान दिन तत्कालीन गृहमन्त्री रमेश लेखक सोमबार जाँचबुझ आयोगको कार्यालय सिंहदरबार जाने भएका छन्। कांग्रेस नेता लेखकको सचिवालयका अनुसार बयानका लागि उनी आज बिहान ११ बजे आयोगको कार्यालय पुग्ने भएका हुन्। त्यसपछि उनले दिउँसो ४ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ। जेनजी आन्दोलनका बेला ७६ जनाको ज्यान गएको थियो। त्यतिबेला लेखक गृहमन्त्री थिए भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री थिए। ओलीसँग पनि जाँचबुझ आयोगले बयान लिँदै छ। जेनजी आन्दोलनका क्रममा गत भदौ २३ र २४ गते भएका घटना जाँचबुझका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा ३ सदस्यीय आयोग गठन गरेको छ। जसमा नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक ९एआईजी० विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वरप्रसाद भण्डारी सदस्य छन्। सुरुमा ३ महिना तोकिएको आयोगको कार्यकाल सरकारले एक महिना थप गरेको छ। जसअनुसार आयोगको म्याद माघ ९ गतेसम्म छ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल