Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

आरजु म्याडमको काँग्रेस चोलेन्द्र श्रीमानको पक्षमा

काठमाडौं । सम्मानित अदालतको नेतृत्व सम्हालेको व्यक्ति बाटो बिराएर भागवण्डामा सहभागी हुनु भनेको न्यायालयमाथि हिलो छ्याप्नु हो । तर यो साहस चोलेन्द्र श्रीमानमा बढ्नुको मुख्य कारण हो प्रधानमन्त्री पत्नी डा. आरजु राणासँगको सम्बन्ध । राणा परिवारका दुई सन्तानको मिलेमतोमा यी सबै काम भएको कुरामा दुईमत छैन । नेपाली काँग्रेस प्रधानन्यायाधशि चोलेन्द्र शमशेर जबराको पक्षमा देखिएको छ । जबराको राजीनामाको माग कानुन व्यवसायीको संघ संगठन देखि कतिपय पूर्वप्रधानन्यायाधीश र पूर्व न्यायाधीशबाट आइरहँदा काँग्रेस राजीनामाको विपक्षमा उभिएको हो । प्रधानमन्त्री समेत रहेका काँग्रेस सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा प्रधानन्यायाधीश जबराले राजीनामा दिन नहुने पक्षमा उभिएका छन् । उनले सोमबार गठबन्धन दलका शिर्ष नेतालाई बालुवाटारमा डाकेर आफ्नो धारणा स्पष्ट राखिसकेका छन् ।
आज काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि प्रधानन्यायाधीशबारे चिन्ता व्यक्त गरे । काँग्रेस संसदीय दलको बैठकपछि पत्रकारको प्रश्नमा भने, हामीलाई प्रधानन्यायाधीशबारे चिन्ता छ । न्यायालय राजनीतिक हस्तक्षेपबाट मुक्त हुनुपर्ने बताउँदै काँग्रेसले त्यस्तो हस्तक्षेप समेत नगर्ने स्पष्ट पारे । प्रधानन्यायाधीश जबराको भूमिकाप्रति प्रश्न गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्रसँग नजिक रहेका कानुन व्यवसायीहरुले राजीनामा माग्दै आएका छन् । तर, काँग्रेस निकट कानुन व्यवसायीहरु यसबारे मौन या राजीनामाको विपक्षमा छन् ।