Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाण्डौ । आखिर देश बनाउने भन्दा भित्रभित्र राष्ट्रको राजश्व दोहन गर्न कै लागि काँग्रेस र एमालेको मुल उद्देश्य रहेछ । वेथिति र विसंगतिको देखावटी विरोध गर्ने सत्ता पाउँदा राष्ट्रको अस्मितामाथि गद्धारी गर्नेसम्मका काम लोकतन्त्रको उद्देश्य तीनैले बनाए जो देशका नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अर्व ठग्न सफल छन् । यो प्रकरणमा शेरबहादुर देउवा केपी शर्माको भित्री साथ थियो । त्यही प्रकरण गृहमन्त्री बनेका बालकृष्ण खाँड र टोपबहादुर जस्ता अनुहार जेल पर्दा देउवा र केपीलाई औडाहा भयो ।
सरकारले केही गर्दा गर्दै काँग्रेसका नालायक डा. प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा जनतालाई राहात दिएनन् । कम्युनिष्टको नेताले जनताको पक्षमा राहातका कार्यक्रम ल्याउने तर्फ नत ०७४ मा ध्यान दिइयो नत ०७९ पूस ११ गते गठन भएको कम्युनिष्ट पार्टीले ल्याएको बजेट जनपक्षीय थियो । संसदलाई लुटन ५ करोड सांसद विकास कोषको नाममा दिएर राज्य लुटने बाटो काँग्रेसले यस पटक खोलेको छ । काँग्रेस राज्यमा राजस्व बढाउने तर्फ ध्यान दिदैन् । उठेको राजस्वलाई सदूपयोग गरेन् । समाजवाद भनेको छ देश लुटेकै छ । त्यही काँग्रेसलाई माओवादी नेतृत्वको प्रचण्ड सरकारका चार मन्त्रीको काम चित्त बुझेको छैन् । भ्रष्टाचारलाई आधार स्तम्भ मान्ने रौतहट काण्डका नायक उपेन्द्र यादवलाई बजेट मन नपर्ने, १० सीट जित्न माओवादीले काँध हाल्दा पनि ३ लाख मत कटाउन नसक्ने एकिकृत समाजवादीका माधव नेपाललाई चित्त नबुझ्दा मुलुक परिवर्तनको एजेण्डामा दश वर्ष बन्दूक उठाएको माओवादीको चित्त कसरी बुझ्यो ? यहाँ काँग्रेस जस्तो नालायक र भ्रष्टहरू जमातलाई माओवादीका मन्त्रीको काम चित्त वुझेन । उपप्रम एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको ठगी काण्डलाई उधिन्न सके । नेपाल प्रहरीलाई दवाव नदिँदा यो काण्डको फेरो एमालेका केपी ओली काँग्रेसका शेरबहादुरसम्म पुग्यो । देउवा पत्नी र खाँड पत्नी त काँग्रेस राजका महारानी नै बन्न पुगे । एमालेका श्री ३ वनेका केपी ओलीको एकल हैकममा चलेको पार्टीका स्तम्भ रामबहादुर थापा बादल टोपबहादुर रायमाझीसम्मको लुटलाई सरकारले छानविन अगाडि बढाउँदा सिधै बालकोट जोडियो । लोकतन्त्रको पक्षमा जसले कुनै शब्द खर्चेन, सडकमा आएन त्यसको शासनमा देशको लुटले इतिहास रच्यो । तैपनि लज्जित नहुँदा उल्टै काँग्रेसको भष्मशुर समूहको सारथी एमाले वन्न पुगेकै छ । सत्य कुरा नेतृत्व सामु बोल्दा वास्ता नहुने काँग्रेसका युवा नेता गगन थापा र विश्व प्रकाश शर्मा समेत शेरबहादुरका अगाडि जोक्कर बन्दैछन् । काँग्रेसमा भ्रष्टाचार विरोधी युवा जमातमा इमान छ भने आरजु र मन्जु बचाउन प्रचण्ड सरकार ढाल्ने देउवा गुटमाथि कडा खवरदारी गर्न सक्नुपर्छ । डा. शेखरले अडान लिनुपर्छ ।
पार्टीको आन्तरिक सुदृढीकरणमा चासो छैन् । काँग्रेसले १९ महिनासम्म केन्द्रीय समितिको पूर्ण बैठक बस्न सकेको छैन् । असार २७ सम्म बस्ने काँग्रेसको केन्द्रीय समितिको आन्तरिक तयारी सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तापछि निश्चित हुने बताईन्छ । भारतीय शासक पक्षले काँग्रेसका शेरबहादुरलाई सिंगापुरमा भेटेर कम्युनिष्टको बचस्र्वको प्रचण्ड सरकार ढालेर भारतीय कठपुतली सरकार बनाउने गरी उकासेका छन् । त्यो काँग्रेसमा मै खाँउ मै लाउँ अरु सबै मरुन दूलर्वहरू चरित्रले काँग्रेस ध्वस्त भएको छ । आफ्नै पार्टी बलियो बनाउन नपर्ने पदका लागि संविधान कानूनको धज्जी उडाउने काम शेरबहादुरबाट भएको छ । काँग्रेसले प्रचण्डको साथमा राष्ट्रपति पायो एमालेले सभामुख पाएको छ । आँफुले प्रम पाए सबैतिर त्यागेको माओवादी तेस्रो शक्ति भएर चालेको संवृद्धि र विकासको कदम स्वच्छताबाट टाढिएको छ । जनयुद्ध लडेको बाहेकलाई हेप्ने अपमान गर्ने होच्याउने तर फाईदा लिने ठाँउमा तीनैलाई फुक्र्याउने प्रवृत्ति चर्को छ । माओवादी सरकारमा पुगेर गरिव किसानका निम्ति सिन्को भाँचेको थिएन् । केपी ओली र शेरवहादुरको मुटु थर्काएको नक्कली शरणार्थी काण्डले सरकार ढलायो भने पनि नेपाल विश्वमा किर्तिमानी बन्ने छ । भ्रष्टमाथि कारवाही गर्दा सरकार ढालिएको सन्देश जाँदा ०८४ सालको चुनावले काँग्रेस र एमालेका लुटाहाको जमानत जफत गर्ने स्थिति पैदा हुन सक्छ ।
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल
२०८२ बैशाख ९
ताजा नेपाल