Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
रौतहट — पहिलो संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा रौतहटको राजपुर गाउँमा भएको बम विस्फोट घटनाको आरोपी नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहमद अफताब आलमविरुद्ध दायर मुद्दाको जिल्ला अदालत गौरमा केहीबेरमा सुनवाइ हुँदै छ । न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासमा आलमको पेसी तोकिएको छ । १६ वर्ष पुरानो मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकिएको हो ।
विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यानसम्बन्धीको कसुरको मुद्दामा अन्तिम सुनुवाइका लागि पेसी तोकिएको अदालतले जनायो । गोला तान्ने क्रममा फाँट नम्बर ५ को गोला न्यायाधीश आचार्यले तानेका थिए । फाँट नम्बर ५ मा रहेको मुद्दामा ३ वटा अन्य मुद्दा पछि आलमको पालो आउने अदालतले जनाएको छ । निरन्तर सुनुवाइ हुने गरी अदालतले आलमलगायतका ११ जनाविरुद्धको मुद्दाको अन्तिम सुनुवाइका लागि पेसी तोकेको हो ।
गएको कात्तिक २२ गते न्यायाधीश बाबुकाजी बानियाँको इजलासले बहस नोट माग गर्ने आदेश दिएको थियो । त्यसपछि मंसिर २४ गतेभित्रै वादी नेपाल सरकार र प्रतिवादी तर्फका कानुन व्यवसायीले बहस नोट बुझाएको थियो । तर पनि अदालतले सुनुवाइको मिति तोकेको थिएन । गत पुस २९ गते मुद्दाको पेसी तोकेको थियो । उक्त दिन न्यायाधीशहरू उपस्थित भएनन् र गोला नतानिएपछि स्थगितको सूचीमा परेको थियो ।
२०७६ कात्तिक १८ गते रौतहट जिल्ला अदालतमा दर्ता भएको ‘विस्फोटक पदार्थ बम समेतको प्रयोग गरी ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान सम्बन्धीको कसुर’मा कांग्रेस नेता तथा पूर्वमन्त्री आलम उनका भाइ महताब आलमसहितलाई प्रतिवादी बनाइएको थियो । आलमका दाजु भाइ अहिले पुर्पक्षका लागि थुनामा छन् ।
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल
२०८१ मंसिर ११
ताजा नेपाल