Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
तेल अभिभ । इजरायलको जेरुसेलम बाहिरको वन क्षेत्रमा भीषण आगलागी भएको छ । आगो अनियन्त्रित बन्दै गएपछि सरकारले राष्ट्रिय आपत्काल घोषणा गर्नु परेको छ ।
आगोका कारण जेरुसेलमको आकाशमा धुवाँको कालो बादल देखिएको छ । यस डढेलोलाई इजरायलको इतिहासमा सबैभन्दा विनाशकारी आगलागीको रूपमा वर्णन गरिएको छ ।
गर्मी मौसम र तेज हावाका कारण यो आगो भड्किएको छ र द्रुत गतिमा फैलिरहेको छ । आगो द्रुत गतिमा जेरुसेलमतिर सर्दै गएको चेतावनी इजरायली प्रधानमन्त्री बेन्यामिन नेतान्याहूले दिएका छन् । अहिले आफ्नो प्राथमिकता जेरुसेलमलाई बचाउनु भएको उनले बताएका छन् ।
घटनास्थलमा ठुलो संख्यामा दमकल कर्मचारीहरू उपस्थित छन् र आगो नियन्त्रण गर्ने प्रयास गरिरहेका छन् । तर, तेज हावाका कारण प्रयास असफल भइरहेको छ ।
डढेलो देखेर मानिसहरू बासस्थान छाडेर सुरक्षित स्थानतिर गइरहेका छन् । डढेलो यरूशलेम पुग्यो भने यसले भयानक क्षति पुर्याउन सक्नेछ । यस घटनामा अहिलेसम्म २३ जना घाइते भएको बताइएको छ । यीमध्ये १३ जनालाई जले अनि धुवाँका कारण निसास्सिएर अस्पताल लगिएको थियो ।
डढेलोको कारण कारण तेल अभिभ र जेरुसेलम जोड्ने राष्ट्रिय राजमार्ग बन्द गरिएको छ । धेरै मानिसहरू आफ्नो घर र सवारी साधन छोडेर सुरक्षित स्थानहरूमा भागिरहेका छन् ।
२०८२ बैशाख १८
ताजा नेपाल
२०८२ बैशाख १८
ताजा नेपाल
२०८२ बैशाख १८
ताजा नेपाल