Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इञ्जिनियरलाई कोरोना देखिएपछि प्राधिकरणमा आतंक

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका एक इञ्जिनियरलाई कोरोना पोजेटिभ देखिएपछि प्राधिकरणमा आतंक सिर्जना भएकोमा पिसिआर परीक्षणको रिपोर्टले स्थिति सामान्य भएको छ । कार्यकारी निर्देशक कुलमान घिसिङलगायत उपकार्यकारी निर्देशकहरुको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । प्राधिकरणका एक एन्जिनियरलाई कोरोना भाइरस पोजिटिभ देखिएपछि उनले भेटेका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकहरु र निर्देशकहरु लगायतको बिहीबार पीसीआर परीक्षण गरिएको थियो । परीक्षणको रिर्पोट शुक्रबार आएको र आफूलगायत सबैको रिपोर्ट नेगेटिभ देखिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिए ।