Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इटाली बन्यो युरो च्याम्पियन

काठमाडौं । इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना चकनाचुर बनेको छ । पेनाल्टी सुटआउटमा इङ्ल्याण्ड ३–२ ले इटालीसँग पराजित बनेको हो । लण्डनस्थित वेम्बली रंगशालामा सोमबार बिहान निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेलमा लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।
इटलीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो । यससँगै इटाली पछिल्ला ३४ खेलमा अपराजित पनि बन्न पुगेको छ । युरोकपमा इटालीले अहिलेसम्म सबै ७ खेल जित्यो, उसले समूह चरणमा टर्की र स्विट्जरल्यान्डलाई समान ३–० तथा वेल्सलाई १–० ले हराएको थियो ।
अन्तिम १६ मा अस्ट्रियालाई अतिरिक्त समयमा २–१, क्वाटर फाइनलमा बेल्जियमलाई २–१ र सेमिफाइनलमा स्पेनलाई टाई ब्रेकरमा ४–२ ले हराएर इटाली फाइनलमा पुगेको थियो ।यता, इङ्गल्यान्डले सुरुवाती खेलमा क्रोयशियाविरुद्ध प्रतिस्पर्धात्मक १–० को जित निकालेको थियो। दोस्रो खेलमा स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको इङ्गल्यान्ड समूह चरणको अन्तिम खेलमा चेक गणतन्त्रलाई १–० ले हराएको थियो । अन्तिम १६ मा जर्मनीलाई इङ्गल्यान्ड २–० ले हरायो । त्यस्तै, क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४–० को जित निकालेको थियो । डार्क हर्स मानिएको डेनमार्कलाई सेमिफाइनलमा २–१ ले हराउँदै इङ्गल्यान्ड फाइनल पुगेको थियो । युरोपको फाइनलमा इङ्गल्यान्डले स्थान बनाएको यो पहिलो पटक थियो । १९६६ को विश्वकपपछि इङ्गल्यान्ड कुनै पनि ठुला प्रतियोगिताको फाइनलमा स्थान बनाएको यो पहिलो पटक भएको र यो अवसरलाई सदुपयोग गर्दै च्याम्पियन बन्ने उसको सपना भएपछि चकनाचुर बन्न पुगेको छ ।


सम्बन्धित समाचार

सन्दीपले भिसाका लागि फेरि प्रयास गर्ने

२०८१ आश्विन २५

ताजा नेपाल

गुल्मीमा जिप दुर्घटना

२०८१ आश्विन २५

ताजा नेपाल

बिपी राजमार्ग आजदेखि सञ्चालनमा

२०८१ आश्विन २५

ताजा नेपाल