Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इतिहासको बिर्सनै नहुने पाटो

  • डा. जगमान गुरुङ

नाथ सम्प्रदायका स्थापक महासिद्ध मत्स्येन्द्रनाथ हुन् । सिद्ध गोरखनाथबाट नाथ सम्प्रदायको भलिभाँति विकाश भयो । सिद्ध गोरखनाथको प्रादुर्भाव नेपालको गोरखामा भएको हो । नाथ सम्प्रदायमा भैरव उपासनाको सर्वोपरि स्थान रहेको छ । गोरखाको गोरखनाथगुफामा स्थित लिच्छवि राजा शिवदेव द्वितीयको वि.सं. ७५५ को अभिलेखमा वज्रभैरव भट्टारकको उल्लेख आएको छ र गोरखाको उपल्लो कोटमा वज्रभैरवको स्थान अवस्थित छ । सिद्ध गोरखनाथ पछि दाङका राजा रत्नपरीक्षक नाथ सम्प्रदायमा प्रवर्जित भई रत्ननाथ कहलाए । सिद्ध रत्ननाथले नाथ सम्प्रदायलाई अन्तराष्ट्रिय करण गराए । मक्काको हज गरेर यवनहरूलाई प्रभावित बनाए । हाजी रत्ननाथ कहलाए । पीर महन्तको उपाधि धारण गरे । सिद्ध रत्ननाथ पछि सिद्ध चन्दननाथले सपादलक्ष खसदेशको अवसानपछि जुम्ला राज्यको स्थापना गरेर नेपाललाई सम्हाले । सिद्ध रत्ननाथ पछि सिद्ध भगवन्तनाथले नाथ सम्प्रदायको मान्यतालाई राम्ररी थामे । श्री ५ पृथ्वीनारायण शाहले गोरखाबाट पूर्व र पश्चिम दुवैतिर एकै साथ युद्ध गरेका थिए । लमजुङसँग गोरखाको राम्रो सम्बन्ध थियो । कास्कीको लोलोपोतोको नीति थियो । कहिले गोरखासँग मिल्थ्यो । कहिले सम्बन्ध तोड्थ्यो । गोरखाली सेना लमजुङ, कास्की र नुवाकोट पार गरेर सतौँसम्म पुग्यो । सतौँको डहरेको लेकमा ठूलो लडाञी भयो । पर्वतका राजा कीर्तिबम मल्लको नेतृत्वको संयुक्त सेनाले गोरखालीलाई परास्त ग¥यो । श्री ५ पृथ्वीनारायण शाहका सेनापति शिवरामसिंह बस्नेतका माहिला छोरा केहरसिंह वस्नेतले वीरगति प्राप्त गरे । गोरखालीले ठूलो क्षति व्यहोर्न प¥यो । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले दोहोरो लडाञी नचलाउनू भन्ने नीति लिए । त्यसकारण गोरखादेखि पूर्वतिर मात्र लडाञीको उद्योग चल्यो । त्यसपछि श्री ५ पृथ्वीनारायण शाहले पश्चिमतिर शस्त्रनीतिको सट्टा शास्त्रनीति अपनाए । यस प्रयोजनका लागि कास्कीसँग सम्बन्ध स्थापना गर्न पृथ्वीनारायण शाहले पोखराका राजीवलोचन पराजुलीलाई हात लिएका थिए । पृथ्वीनारायण शाहले पश्चिम नेपालको सन्धि र वातावरण मिलाउने जिम्मा सिद्ध भगवन्तनाथलाई दिएका थिए । पृथ्वीनारायण शाहले सिद्ध भगवन्तनाथलाई परमहंसपरिव्राजकसकलचक्रचक्राधिश्वरश्रीमन्महाराजाधिराज श्री श्री श्री श्री श्रीमद भगवन्तनाथदेवदेवेषु उपाधि दिएका छन् । पश्चिम नेपालको जुम्ला, जाजरकोट, सल्यान, दाङ आदि राज्य र स्थानहरूमा सिद्ध भगवन्तनाथले राम्रो वातावरण कायम गरेको देखिञ्छ । पश्चिमका राजाहरूसँग राम्रो सम्वन्ध कायम गराउन सिद्ध भगवन्तनाथले सल्यानका राजा श्रीकृष्ण शाहका छोरा युवराज रणभीम शाहसँग पृथ्वीनारायण शाहकी छोरी विलासकुमारीको विवाह गराई दिएका थिए । सिद्ध भगवन्तनाथले पृथ्वीनारायण शाहलाई पूर्वतिर किराँत प्रदेश जित्न आशीर्वाद दिएको र यस प्रयोजनका लागि एउटा खड्ग पनि पठाएरको उल्लेख पृथ्वीनारायण शाहको पत्रमा पाइञ्छ ।
पृथ्वीनारायण शाह पूर्वतिर बढेपछि बाइसे र चौबीसे राज्यले पश्चिमबाट गोरखामाथि आक्रमण गर्ने उद्योग चाली रहेका थिए तर सिद्ध भगवन्तनाथको प्रभावले गर्दा पश्चिममा राजाहरूको त्यो उद्योग सफल हुन सकेन । नेपालले पश्चिम नेपाल जितेपछि पनि त्यहाँका भगौडा राजाहरू दाङमा भेला भएर आफ्नो गुमेको राज्य उकास्न प्रयत्नरत थिए । त्यस योजनालाई पनि सिद्ध भगवन्तनाथले विफल बनाई दिए । यसरी आधुनिक नेपालको एकीकरणमा सिद्ध भगवन्तनाथको बडो कूटनैतिक योगदान रहेको स्पष्ट हुञ्छ । अतः सिद्ध भगवन्तनाथ नेपालका एक महान् विभूति हुन् । यस्तो महत्वपूर्ण विषयमा लेखक अर्जुन ज्ञवालीले प्रकाशन गर्न लाग्नु भएको ‘नेपाल एकीकरणमा सिद्धभगवन्तनाथ’ पुस्तक अत्यन्त महत्वपूर्ण ऐतिहासिक दस्तावेज हो । पछिल्लो चरणमा योगी नरहरिनाथपछि नाथ दर्शन, साहित्य र इतिहासमा निरञ्तर कलम चलाउने कार्यको निरञ्तरता उहाँले दिनुभएको छ । योभन्दा पूर्व अर्जुन ज्ञवालीद्वारा लिखित ‘महायोगी गुरु गोरखनाथ ः अवतरण र नेपाल एकीकरण’, ‘महायोगी गुरु गोरखनाथ र नेपाल’, ‘गोरखनाथ दर्शन’, ‘मत्स्येन्द्रनाथ इतिहास, दर्शन, संस्कृति’ पुस्तक पनि अत्यन्त महत्वपूर्ण र खोजमूलक छन्् । लेखक नाथ परम्परामा योगी नभए पनि चिन्तन, खोज र अनुसन्धानको क्रममा योगीजस्तै अथक रूपमा कलम चलाइरहनुभएको छ । यो निरञ्तरता कायम रहिरहोस् ।

उपकुलपति, नेपाल प्रज्ञा प्रतिष्ठान