Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्डियन आइडलको अडिसनमा नेपालकी मेनुका पौडेललाई गोल्डेन माइक

काठमाडौं । इन्डियन आइडल सिजन १४ को अडिसनमा नेपाली गायिका मेनुका पौडेलले गोल्डेन माइक जितेकी छन् । पौडेलले ‘तुम्हारे बिना हमरा कोनो नही’बोलको क्लासिकल भजन गाएकी थिइन् । मेनुकाले गीत गाउँदै गर्दा जजमध्येकी एक गायिका श्रेया घोसाल भक्कानिएकी थिइन् । उनको प्रस्तुति सकिएपछि केहीबेरसम्म जजहरूमा शन्नाटा छाएको थियो । त्यसपछि सबै जजेजहरू श्रेया, विशाल डिडलानी र कुमार सानुले उठेर स्टान्डिङ अवेसन दिए । स्टान्डिङ अवेसनपछि भावुक हुँदै विशालले भने, हामी संगीतकार जुन कुरालाई पुज्छौं नि, त्यो आज आँखा अगाडि देखिरहेका छौं । म जुन चिजलाई पुज्छु त्यो तिमी आफैं हौ । श्रेया रोइरहेकी छिन् । म रोइरहेको छु । यसको मतलब हामीले संगीतलाई आज मनैदेखि सरी भन्नुपर्छ । त्यस्तै श्रेयाले आफूहरूभित्रको संगीतप्रतिको स्पष्टता र निर्दोशिता जगाइदिएको बताइन् । मेनुकालाई धन्यवाद दिँदै आशिसले थपे, तिमीले मेरो लागि धेरै काम गरिदियौ । आजको दिनदेखि म जुन संगीत बनाउँछु, त्यो फरक हुनेवाला छ । जसको कारण तिमी हौ । यसपछि मेनुकाले विशालको कम्पोजिसनमा गाउने चाहना पनि व्यक्त गरिन् । यदि आफ्नो भाग्यमा त्यस्तो सहकार्य लेखेको छ भने अवश्य हुने आशिसले बताए । अन्तिममा श्रेयाले थपिन्, तिमी के हौ, तिमी आफैंलाई थाहा छैन मेनुका । यही कारण मलाई मजा आयो । मलाई लाग्दैन कि यस इन्डियन आइडलमा कसैले पनि यति राम्रोसँग गाएको छ । साथै आफूले मेनुकाको आवाजमा ईश्वर देखेको पनि श्रेयाको भनाइ थियो । यसपछि तीनै जजहरू स्टेजमा गएर मेनुकालाई गोल्डेन माइक दिन्छन् । झापा हल्दिबारीमा जन्मिएकी मेनुका २०७४ सालमा नेपाल आइडलमा समेत प्रतिस्पर्धा गरेकी थिइन् भने २०७५ सालमा भारतको रियालिटी शो सारेगमपमा समेत प्रतिस्पर्धा गरेकी थिइन् ।


सम्बन्धित समाचार

देउवा गुट भयो लाचारी

२०८२ फाल्गुन २७

ताजा नेपाल

चुनावले जोगायो फौजको इज्जत

२०८२ फाल्गुन २७

ताजा नेपाल

बाबुरामको यहाँ भन्दा पतन हुने ठाउँ छैन

२०८२ फाल्गुन २७

ताजा नेपाल