Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्द्रजात्रा पर्व सुरु

यसपालीको इन्द्रजात्रा पर्व विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल यँलाथ्व द्वादशीका दिन आइतबार हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजा सहितको लिङ्गो ठड्याइए पछि यो जात्रा सुरु भएको हो । आइतबार शुभ साइत अनुसार विहान ८ बजेर २६ मिनेटमा लिङ्गो ठड्याइएको इन्द्रजात्रा व्यवस्थापन समितिले जनाएको छ ।

नेपाल भाषामा ‘योसीं’ भनिने ‘इन्द्रध्वजोत्थानलाई’ शुभ मंगल सूचकका विभित्र चिह्न राखेर ध्वजा पताका झुन्ड्याएको हुन्छ । लिङ्गोलाई ध्वजापताका सहित सिङ्गारेर उठाउनुलाई इन्द्रध्वजोत्थान भनिन्छ । लिङ्गो उठाउने क्रममा गुरुज्युको पल्टनसहितको लावालस्कर पुगेका थिए । पल्टनले हर्ष बढाई पनि गरेका थिए । हनुमान ढोका परिसरमा ठड्याइएको लिंगो आउने आश्विन कृष्ण चौथीका दिन लिङ्गो ढालेपछि जात्रा सकिने परम्परा छ ।

यसपाली इन्द्रजात्रा भने अशोज १ गते मंगलबार परेको छ । आइतबार लिंगो ठड्याउनु अघि किलागलका ज्यापु समुदायले विशेष तान्त्रिक देवी नाच प्रस्तुत गरेका थिए । लिङ्गो ठड्याइएपछि सत्यको जीतको प्रतिक स्वरुप इन्द्रध््वज पनि फहराउने चलन छ । ठड्याएको लिंगोको फेंदमा हात्ती चढेको सुनको जलप लगाइएको इन्द्रको प्रतिमा राखेर पूजा गरिने चलन छ ।

काभ्रेपलाञ्चोक जिल्लाको उग्रचण्डी नालास्थित जङ्गलबाट ल्याइएको लिङ्गो ठड्याउने परम्परा छ । तान्त्रिक विधिद्वारा पूजा गरी त्यस जंगलमा छोडिएको बोकाले स्पर्स गरेको रूखलाई इन्द्रध्वजाको लागि लिङ्गोको रुपमा विधिपूर्वक तयार पारिन्छ ।

अष्टध्वजा सहित सिंगारिएको लिंगो ठड्याउँदा मंगलधुन बजाइएको छ । रणबहादुर शाहको पालादेखि हनुमानढोका दरवार परिसरमा लिङ्गो ठड्याउन थालिएको र त्यसअघि मरु टोलस्थित नारायणमन्दिर अगाडि लिङ्गो ठड्याउने चलन रहेको भनाइ छ । कतै कतै इन्द्रध्वजा उठाउने परम्परा राजा प्रतापसिंह शाहले चलाएको इतिहासमा उल्लेख छ ।

हनुमानढोका दरवारक्षेत्रमा रहेको कालभैरवको विशाल मूर्ति अगाडि धार्मिक विधि अनुसार उक्त लिंगो ठड्याएपछि विभित्र प्रकारका नाचगान, रथयात्रा गरी आठ दिनसम्म इन्द्र जात्रा मनाइन्छ , २५ नम्बर वडाको काठमाडौं जात्रा ब्यवस्थापन समितीका अध्यक्ष राजन मर्हजनले भने , जात्राभरि , लाखेनाच, महाकाली नाच , दशअवतार तथा देवताहरुका राजा इन्द्रको बाहन ऐरावत हात्तीको प्रतीकका रूपमा पुलुकिसी नाच नचाउने गरिन्छ ।

लिंगो ठड्याएको दिन उपत्यकाका नेवार समुदायले मंगलबार काँचो माटोको दियोमा बत्ति बालेर उपाकु पर्व मनाएका छन् ।यो जात्राका बेला वर्षभरिमा दिवङ्गत पितृहरूको सम्झनामा घरका सबै सदस्य मिलेर पितृको उद्धारका लागि स्तोत्रपाठ, शान्तिपाठ, गर्नुका साथै विभिन्न मठमन्दिरमा गई पुजा अर्चना गर्ने चलन छ । उनका अनुसार जात्राको अबधीमा हनुमान ढोकामा रहेको तलेजुभवानीको अगाडी ५ सय ४ जना कन्या कुमारीलाई पुजा गरिदैछ । गुठी संस्थानका अनुसार गणेश, कुमारी भैरवको पनि पुजा गर्दै इन्द्रजात्रा मनाइदैछ । दरबारमा विधिपुर्वक ठड्याएको लिंगोको त्यसदिन पुजा गरिन्छ ।

काठमाडौंका मानन्धर समुदायले गर्ने यो जात्राका बेला जिवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिंने परम्परा छ । काठमान्डौका तल्लो टोल , बिचको टोल र माथील्लो टोलका स्थानियवासीले गणेशकुमार, कुमारी भैरवको रथलाई तान्ने परम्परा छ । अघिल्लो दिन तल्लोटोल जैशीदेवलतर्फ श्रीकुमारी यात्रा र पछिल्लो दिन माथिल्लो टोल नरदेवीमा श्रीकुमारी यात्रा हुने मर्हजनले बताए ।

आश्विन कृष्ण चौथीका दिन नानीचायाभनी किलागलतर्फ कुमारी रथयात्रा गरेर गणेश भैरव र कुमारीको तीनवटै रथलाइ किलागल परिव्रmमा गराई सुभ साईतमा लिङ्गो ढालेपछि यसपालीको इन्द्रजात्रा सकिन्छ । परिक्रमाका क्रममा नानीचा याअ भनी वसन्तपुरदेखि प्याफल, नरदेवी, किलागल, असन, इन्द्रचोक मखन भई फेरी वसन्तपुर नै पु¥याउने चलन छ । त्यसै रात इन्द्रध्वजा फहराइएको लिंगो ढाली तानेर बाग्मतीमा लगी सेलाइन्छ ।

पौराणिक कथा अनुसार आफ्नी आमालाई वसुन्धराको व्रतका निम्ति पूजा सजाउन स्वर्गलोकका इन्द्र काठमाडौँ आएका थिए । अरुको बारीमा गएर पारिजातको फूल टिप्न लाग्दा तिनलाई चोर भनी नियन्त्रणमा लिएर डोरीले पाता कसी बीच सडकमै जात्रा गरेको दिनमा इन्द्रजात्रा मनाउने गरेको लो्क कथन छ । त्यस बन्धनबाट मुक्त गराउन इन्द्रकी आमा स्वयं काठमाडौँ आएर छोराको बदलामा कुहिरो दिने वाचा गरी इन्द्रलाई फर्काएर लग्छिन् । त्यही कुहिरोले गर्दा धानबाली समयमा पाक्ने भयो भत्रे मान्यता छ ।

वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायतका स्थानमा इन्द्र जात्रा मनाउने गरिन्छ ।

जात्राको मुख्य दिन हनुमानढोका दरवारक्षेत्रमा दिउसो राष्ट्रप्रमुखका रुपमा राष्ट्रपती रामचन्द्र पौडेल सरिक हुने काठमान्डौ जात्रा ब्यवस्थापन समितीका राजन मर्हजनले जानकारी दिए । यो जात्राका बेला जिवित देवी कुमारी, भैरव र गणेशको रथयात्रा गरिंने परम्परा छ र्। इन्द्रजात्रामा तानिने रथयात्राको राष्ट्रपतीले अबलोकन गर्नुहुनेछ , मर्हजनले भने र्, तल्लो टोलबाट रथ तानेर माथिल्लो टोलसम्म पु¥याइन्छ ।

इन्द्रजात्रामा मरुटोलमा मरुसत्तल र सिंल्यंसत्तअको बीचमा अग्लो डबली बनाई चार सिंहमाथि रहेको खटमा इन्द्रको मूर्तिलाई डोरीले बाँधेर राख्ने चलन छ। संस्कृतिविद्हरूका अनुसार नेपालमा देवराज इन्द्रले पारिजातको फुल र कर्कलो टिप्न लागेको बेलामा चोर दोष लगाउदै मरुटोलमा इन्द्रलाई डोरीले बाँधेर राखेको किम्बदन्ति छ ।

इन्द्र आफ्ना आमालाई वसुन्धराको व्रत बस्न आवश्यक पारिजातको फूल र कर्कलो लिन आएका थिए । इन्द्रचोक, किलागल र नरदेवीमा पनि इन्द्रको मूर्तिलाई त्यसरी नै अग्लो डबली बनाई प्रदर्शनमा राखिन्छ। इन्द्रजात्राकै अवसरमा मध्यरातमा इन्द्रचोकमा रहेको किराँती राजा यलम्बरको शीर भनिने आकाशभैरवको मूर्तिलाई मन्दिरको बाहिर खट बनाएर राखी विभित्र प्रकारका फूलले सिंगारेर पूजा गरिन्छ। साथै धिमेबाजाको तालमा प्रसादका रूपमा भैरवको मुखमा जडित नलीबाट सर्वसाधारणका लागि जाँड र रक्सीको धारा बगाउने परम्परा छ।


सम्बन्धित समाचार