Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

इन्धनको मूल्य बढाएको निगम भन्छ, मूल्य अझै बढ्छ

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य फेरि बढाएर प्रति लिटरको १५५ रुपैयाँ पुर्याएको छ । भारतीय आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको भन्दै नेपाल आयल निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, हवाई इन्धनकोर मट्टितेलको मूल्य बढाएको हो । निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रूपैयाँले बढाएको हो । बढेको मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५५ रूपैयाँ पर्नेछ । डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १३८ रुपैयाँ पर्ने भएको छ । हवाई इन्धनको पनि आन्तरिकतर्फ प्रतिलिटर १५ रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ २०० डलर बढेको छ ।
निगमले केहीअघि मात्रै पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो। बुधबार समायोजन गरिएको मूल्यमा समेत घाटा व्यहोर्नु पर्ने अवस्था रहेको आयल निगमले विज्ञप्तिमा जनाएको छ । निगमले खाना पकाउने ग्लपी ग्यासको मूख्य भने बढाएको छैन । यद्यपि प्रतिसिलिण्डर निगमलाई ६६५ रुपैयाँ ३४ पैसा घाटा रहेको निगमको दावी छ । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २८ रुपैयाँ ५७ पैसा, डिजेलमा ३२ रुपैयाँ १५ पैसा घाटा छ भने मट्टितेलमा प्रतिलिटर २४ रुपैयाँ ३४ पैसा नाफा छ । यस्तै हवाई इन्धनमा पनि नाफा छ । हवाई इन्धनको पनि आन्तरिकतर्फ १५१ रुपैयाँ नाफामा छ भने बाह्यतर्फ १।४९४ डलर नाफामा छ ।
मूल्य समायोजनले १५ दिनको अनुमानित घाटा ५ अर्ब ३० करोडबाट घटेर ४ अर्ब ४४ करोडमा पुग्ने निगमको दावी छ । निगमले अझै पनि २८ अर्ब घाटामा रहेको विज्ञप्तिमार्फत जनाएको छ । यति ठूलो घाटा परिपूर्ती गर्नैकै लागि भएपनि अझै पनि मूल्य बढाउनु पर्ने संकेत निगमले विज्ञप्तिमार्फत गरेको छ ।
निगमले आगामी भुक्तानीका लागि नपुग रकम मूल्य स्थिरिकरण कोषबाट तथा अन्य बैंक वित्तीय संस्थाहरुबाट ऋण लिई पुर्याउनु पर्ने बाध्यता रहेको उल्लेख गरेको छ ।