Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौँ । इलाम २ को प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा एमालेबाट स्व. सुभाष नेम्वाङका पुत्र सुहाङ नेम्वाङ उम्मेदवार पक्का भएको छ। आइतबार बसेको एमाले सचिवालय बैठकले नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो। एमालेका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको गत भदौ २६ गते निधन भएपछि सो निर्वाचन क्षेत्र रिक्त थियो। कानुन व्यवसायी रहेका सुहाङले यसअघि नै निर्वाचनका लागि आफ्नो गतिविधिलाई बढाएका थिए। इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। बैठकले बझाङ प्रदेश १ को उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय समेत गरेको छ।
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल
२०८२ चैत्र २
ताजा नेपाल