Bagbazar, Kathmandu, Nepal
Phone : 01-4228625
Fax
Email : tajanepalnews@gmail.com
काठमाडौं। ईङवा जलविद्युत आयोजनाको आइपीओ करिब १२ लाख आवेदकमध्ये १ लाख २६ हजार जनाले १०,१० कित्ता हात पारेका छन्।
बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङका अनुसार बुधबार आइपीओ बाँडफाँट गरिएको हो। कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६८ हजार ६ सय ३९ कित्ता सर्वसाधारणका लागि छुट्याएको थियो। यसका लागि ११ लाख ९९ हजार ९ सय ६७ जना आवेदक थिए।
योग्य आवेदकमध्ये गोलाप्रथाबाट १ लाख २६ हजार ८ सय ६३ मध्ये ९ जनाले ११,११ र अरुले १०,१० कित्ता पाएका छन्।
कम्पनीले वैशाख १३,१७ गतेसम्म आइपीओका लागि आवेदन खुलाएको थियो। जारी गरेको १८ लाख कित्ता साधारण सेयरमध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि ६ लाख कित्ता छुट्याएको थियो। त्यसमा योग्य आवेदकलाई ३ लाख ६ हजार ८ सय ४० कित्ता बाँडफाँट भएको थियो।
यस्तै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याएको १ लाख २० हजार कित्ता, कर्मचारीका लागि सुरक्षित गरिएको २९ हजार ८ सय ६३ कित्ता र सामूहिक लगानी कोषका लागि छुट्याइएको ७४ हजार ६ सय ५८ कित्ता सेयर यस अघि नै बाँडफाँट गरिसकेको छ।
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल
२०८१ मंसिर ९
ताजा नेपाल