Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उदयपुर हत्या घटनाका आरोपी आफन्तै

काठमाडौँ — उदयपुरमा एकै परिवारका ३ जनाको हत्या घटनामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्लाको बेलका नगरपालिका ७ दिलुङटारका ३७ वर्षीय राजकुमार बस्नेत, उनकी श्रीमती ३३ वर्षीया सरिता र १२ वर्षीय छोरा सुजनको हत्या आरोपमा ४० वर्षीय नरबहादुर बस्नेत पक्राउ परेका हुन् । प्रहरीका अनुसार नरबहादुर नाताले राजकुमारका दाइ हुन् । इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक सुवास खनालका अनुसार स्थानीय वालिङ खोलामा बस्नेत परिवारका ३ जनाकै हत्या भएको हो । उनका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ ।