Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्योगको लाइन काट्दा प्राधिकरणलाई दैनिक ६ करोड घाटा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक डा. मुकेश काफ्लेले २५ वटा उद्योगमा बत्तीको लाइन काटिँदा दैनिक न्यूनतम २५० देखि अधिकतम ४ सय मेगवाटसम्मको बिजुली खेर गइरहेको दाबी गरेका छन् ।

काफ्लेले सामाजिक सञ्जाल एक्समा प्राधिकरणको वित्तीय रिपोर्ट समेत विश्लेषण गर्दै देशले ठूलो राजश्व गुमेर व्यवसायिक वातावरण समेत बिग्रिएको बताएका छन् । काफ्लेका अनुसार विद्युत प्राधिकरणले दैनिक ६ करोड रुपैया आम्दानी गुमाइरहेको र देशले हार्ने खेल भइरहेको टिप्पणी गरेका छन् ।

काफ्लेका अनुसार प्राधिकरणले बत्ती काट्दा ४० हजार श्रमिक बेरोजगार हुने जोखिम बढेको बताएका छन् । उनका अनुसार प्राधिकरणसँग कुल ३७ सय १७ मेगवाट जडित क्षमता रहेको छ । त्यसमध्ये ११ सय मेगावाट भारत र बंगलादेशमा निर्यात हुन्छ ।

असोज महिनामा २३ सय मेगावाट नेपालभित्र पिक लोडको समयमा खपत हुने गरेकामेमा अहिले उद्योगमा बत्ती काटिएपछि त्यो घटेर १९ सय मेगावाटमा झरेको छ ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल