Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्योगमन्त्री गौरीकुमारी यादवद्वारा राजीनामा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। उनले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्।

मन्त्री यादवले बुधबार संसदीय समितिको बैठकमा ग्यास उद्योगीप्रति विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले काठमाडौं उपत्यकामा भइरहेको ग्यास अभाव उद्योगीका कारण भएको दाबी गर्दै समस्या समाधानका लागि उद्योगीलाई कारबाही गर्नुपर्ने बताएकी थिइन्।

उनले नेपालमा सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको अनुमतिपत्र खारेज गर्नुपर्ने र दुईवटा उद्योग भए पुग्ने धारणा समेत राखेकी थिइन्। उनको अभिव्यक्तिप्रति ग्यास उद्योगीहरूले आपत्ति जनाउँदै प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए।

काठमाडौं उपत्यकामा लामो समयदेखि खाना पकाउने ग्यासको अभाव रहँदै आएको छ। उपभोक्ता घण्टौं लाइनमा बस्नुपर्ने तथा बजारमा तोकिएको मूल्यभन्दा महँगोमा ग्यास खरिद गर्नुपर्ने अवस्था छ।

यसबीच कृष्णभीरमा सडक भासिएपछि ग्यासको नियमित आपूर्तिमा थप समस्या देखिएको थियो। वैकल्पिक मार्गबाट ग्यास आयात भए पनि बजारमा सहज आपूर्ति हुन नसकेको भन्दै उपभोक्ताले सरकारको आलोचना गर्दै आएका छन्।

मन्त्री यादवले समितिको बैठकमै मन्त्रालयका कर्मचारीले समेत आफूलाई असहयोग गरेको गुनासो गरेकी थिइन्। उनको अभिव्यक्तिपछि सरकार र ग्यास उद्योगीबीच थप विवाद चर्किएको थियो।

नेपालमा सञ्चालनमा रहेका अधिकांश ग्यास उद्योग निजी क्षेत्रका हुन्। नेपाल आयल निगमको स्वामित्वमा ग्यास भण्डारण तथा बोतलिङ गर्ने छुट्टै पूर्वाधार छैन भने ग्यास ढुवानीका लागि समेत निजी क्षेत्र भारतीय ढुवानी साधनमा निर्भर रहँदै आएको छ।


सम्बन्धित समाचार

कम्युनिष्टका पुराना सबै अस्वीकार

२०८३ भाद्र २५

ताजा नेपाल

धनी मन्त्रीले कति दिए राहत

२०८३ भाद्र २५

ताजा नेपाल