Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्योगमन्त्रीका पाँच महिने कार्यकालमा ३ खर्ब लगानीको प्रतिबद्धता

काठमाडौं । कानुन मन्त्रालयको जिम्मेवारी सफलतापूर्वक सम्हालेर उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व सम्हाल्न पुगेका दिलेन्द्रप्रसाद बडुले आफ्नो कार्यकालको उपलब्धी सार्वजनिक गरेका छन् । दायाँ बायाँ बाणिज्य र उद्योगसचिव राखेर मन्त्रालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरिएका उपलब्धी बुँदागत रुपमा उल्लेख गरिएको छ । बडुले आफ्नो कार्यकालमा प्रदेश सरकारसँग समन्वय गरेरै उद्योग, बाणिज्य र आपूर्ति क्षेत्रमा अगाडि बढ्न खोजेको सन्देश दिएका छन् । सातवटै प्रदेशका उद्योगमन्त्रीलाई राखेर प्रदेशका समस्यालाई नजिकबाट सुनेका बडुले केन्द्रीय सरकार प्रदेश सरकारसँग समन्वय गरेरै यस क्षेत्रको विकास गर्न चाहन्छ भन्ने सन्देश दिइसकेका छन् । मन्त्रालय मातहतको उद्योग विभाग, बाणिज्य विभाग र कम्पनी रजिस्टरको कार्यालयबाट सम्पादित सेवालाई प्रभावकारी बनाउन स्वचालित प्रणालीमा लैजाने कार्यलाई अन्तिम रुप दिइएको, उद्योग तथा लगानी प्रवद्र्धनको क्षेत्रलाई गति दिँदै नेपाली ढाका कपडा उद्योगलाई ब्राण्डिङ, लेबलिङ गरी स्वदेश एवं विदेशी बजारमा माग बढाउन पाल्पा र तेह्रथुम जिल्लालाई ढाकाको राजधानी घोषणा गर्ने कार्य पनि बडुकै पालामा भएको थियो । उहाँको कार्यकालमा ३ सय ९ वटा उद्योग दर्ता भई ३ खर्ब ४३ अर्ब कुल लगानी र २८ हजार ५ सय २७ रोजगारी सिर्जना हुने प्रतिबद्धता व्यक्त भएको छ । बडुले कार्यमालमा भएका उपलब्धीलाई बुँदागत रुपमा यसरी उल्लेख गरेका छन् ।

यस्ताे छ पाँच महिने उपलब्धि