Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उद्योगहरुका काटिएका लाइन जोड्ने सञ्चालक समितिको निर्णय

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले उद्योगको लाइन जोड्ने निर्णय गरेको छ । विद्युत् नियमन आयोगबाट आइतबार साँझ लिखित निर्देशन आएपछि प्राधिकरण सञ्चालक समिति बैठकले लाइन काटिएका उद्योगमा विद्युत् जोड्ने निर्णय गरेको हो ।

नियमन आयोगले २०८० मा जारी निर्देशिकालाई देखाउँदै विद्युत् जोड्न निर्देशन दिएको थियो । विद्युत् उपभोक्ता हित संरक्षण सम्बन्धी निर्देशिका, २०८०को दफा १३ को उपदफा १० मा यो व्यवस्था रहेको आयोगले बताएको छ । यही बमोजिम लाइन तत्काल जोड्न निर्देशन दिएको थियो ।

आयोगबाट निर्देशन आएपछि प्राधिकरणको सोमबार बसेको सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बनेका हुन् । सञ्चालक समितिका सबैजसो सदस्य उद्योगको लाइन जोड्न सहमत बन्नुभएको छ, एक जना सञ्चालक समिति सदस्यले रातोपाटीसँग भने, अब आवश्यक प्रक्रिया पुर्‍याएर उद्योगको लाइन जोडिन्छ ।

प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता विवादपछि धमाधम उद्योगहरूको लाइन काट्दै आएको थियो । लामो समयदेखि उद्योग र प्राधिकरणको विवाद नयाँ सरकार गठनपछि नयाँ मोड लिँदै गइरहेको छ । सरकारले प्राधिकरण र नेतृत्व घिसिङलाई पेल्ने नीति अवलम्बन गर्दै आइरहेको छ ।


सम्बन्धित समाचार

आजबाट धरहरा चढ्दा २०० लाग्ने

२०८१ मंसिर ९

ताजा नेपाल

रविको म्याद चौथो पटक थपिँदै

२०८१ मंसिर ९

ताजा नेपाल