Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यका निर्वाचन सेलको कमाण्ड एसएसपी बस्नेतलाई

काठमाडौं । काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर, भक्तपुरको निर्वाचन सेलको कमाण्ड प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी रमेश बस्नेतलाई दिइएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा कार्यरत एसएसपी बस्नेतलाई निर्वाचन सेलको कमाण्डर बनाइएको हो । यी तीन जिल्लाहरुको रिपोर्टिङ लिने, आवश्यकताअनुसार जनशक्ति परिचालन, थप मद्दत पठाउनेदेखि आवश्यक रणनीति बनाउनेसम्मका कामहरु हुने बताइएको छ । बस्नेत यसअघि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुमा कार्यरत थिए । टेकुबाट सरुवा भएर उनी उपत्यका प्रहरी कार्यालय रानिपोखरी पुगेका थिए । उत्यकाको तीन जिल्लाको समग्र कमाण्ड भने प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीले गर्दै आएका छन् । जहाँ अहिले एआईजी ईश्वर कार्की कार्यरत छन् ।


सम्बन्धित समाचार

रास्वपालाई समानुपातिकमा ७५ प्रशित मत

२०८२ फाल्गुन २३

ताजा नेपाल

नेमकिपाको गढ रास्वपाको कब्जामा

२०८२ फाल्गुन २३

ताजा नेपाल