Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकाका चार जना चोर पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने कार्यमा संलग्न ४ जनालाई महानगरीय अपराध महाशाखा टेकुबाट खटिएको प्रहरीले उपत्यकाका बिभिन्न स्थानबाट बिहीबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा नागार्जुन नगरपालिका(४ बस्नेहरु २४ वर्षीय अमित तुलाधर, २१ वर्षीय अब्य तुलाधर तथा ३३ वर्षीय हरिकृष्ण तिवारी र काठमाडौं सितापाईला बस्ने जुम्ला सिंजा धाफा घर भएका २५ वर्षीय हरि शर्मा रहेका छन् ।
वर्ल्डलिन्क कम्युनिकेशन प्रालि जवालाखेल कुसुन्ति शाखाबाट नगद १६ लाख ८० हजार १ सय ६३ रुपैयाँ बराबरको ईन्टरनेटमा प्रयोग हुने बिभिन्न डिभाइस लोड गरी ट्रान्सएयर ईन्टरनेसनल लोजिस्टिक प्रालि डोमेस्टिक कार्गोबाट चितवन, हेटौंडा र बुटवलतर्फ लैजाने क्रममा काठमाडौं शंखमुलस्थित सडकबाट साउन ८ गते उक्त सामान चोरी भएको थियो ।
विगत केही समयदेखि काठमाडौं उपत्यकाभित्र गुडीरहेका गाडीबाट बिभिन्न सामानहरु चोरी गर्ने कार्यमा संलग्न रहेका मानिसहरुको खोजी गर्ने क्रममा उक्त डिभाइस चोरी गरी लाने कार्यमा संलग्न उनीहरुलाई ३ कार्टुन डिभाइस सहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।