Bagbazar, Kathmandu, Nepal

Phone : 01-4228625

Fax

Email : tajanepalnews@gmail.com

उपत्यकाकाको लकडाउन खुकुलो बनाउँदै थप्ने तयारी

काठमाडौँ । कोरोना संक्रमण अत्यधिक बढेपछि भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ । पहिलो पटकको निषेधाज्ञाको समय सकिएपछि पछिल्लो पटक भदौ १७ गते राति १२ बजेसम्मलाई थप गरिएको थियो । फेरि समय थप गर्ने तर अतिआवश्यकीय उद्योग धन्दालाई सामाजिक दुरी कायम राखेर चल्न दिने गरी अर्को एक साता निषेधाज्ञा थप्नेबारे छलफल भइरहेको छ ।

जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ । उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने विषयमा छलफल गर्न उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको भर्चुअल बैठक बस्दैछ। निषेधाज्ञाको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका सिडिओहरु छलफलमा जुटेका हुन् ।

मंगलबारको बैठकमा निषेधाज्ञामा निर्माण सामाग्री बोक्ने सवारी साधनहरुलाई समेत सञ्चालन गर्न दिने पक्षमा तीन जिल्लाका सिडिओहरु रहेको बताइएको छ । भने चौतर्फी दबावपछि गृहसँगको सल्लाहमा तीन जिल्लाका सिडिओहरुले यस्तो निर्णय गर्न लागेका हुन् ।  दुई सातादेखि निषेधाज्ञा जारी भएकाले मानिसको दैनिकी कष्टकर बन्दै गएपछि केही निषेधाज्ञा खुकुलो बनाएर अघि बढ्ने निर्णय हुँदैछ ।